|
|
यहाँको ज्याला निर्धारण समितिले गत शुक्रबार सन् २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ ।
५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बाँकी ५६ हजार चौमासिक रुपमा वितरण गरिनेछ । कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक हुने अदक्ष कामदारको आपूर्ति हरेक वर्ष नेपालसहित १५ मुलुकबाट गर्दै आएको छ ।
प्रस्ताव गरिएका कोटामध्ये ४६ हजार पहिलोपटक इपिएस परीक्षा उत्तीर्ण गर्नेका लागि र १२ हजार पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Post a Comment