Headlines News :
Home » » तुल्सीपुरमा ४६ बर्षीय बस्नेत नलकटुवा पेस्तोलसहित पक्राउ परेपछी...

तुल्सीपुरमा ४६ बर्षीय बस्नेत नलकटुवा पेस्तोलसहित पक्राउ परेपछी...

Written By Unknown on Sunday, December 20, 2015 | 11:40 PM


पुस ६, तुलसीपुर । दाङमा नलकटुवा पेस्तोलसहित एकजना व्यक्ति पक्राउ परेका छन् । तुलसीपुर–१९ कटाहा निवासी अन्दाजी ४६ वर्षे बीरवहादुर बस्नेत शनिवार राति कटुवा पेस्तोल सहित पक्राउ परेको प्रहरीले बताएको छ । उनी नेपाली काँग्रेस उरहरीका पूर्व इकाई सभापति पनि हुन् । 

जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले रक्सीको मातमा रहेका बस्नेतलाई ईप्रका तुलसीपुरको टोलीले पेस्तोलसहित पक्राउ गरेको बताए । प्रमुख कडायतले बस्नेतले पेस्तोल समातेको भिडियोसमेत युवाहरुले खिचेकोले पेस्तोल बस्नेतकै भएको देखिन आएको पनि बताए । जिल्ला प्रहरी प्रमुख कडायतले एक जनाको जन्मदिनको पार्टीमा पुगेका बस्नेतले त्यहाँ स्थानीयहरुसँग भनाभन हुँदा पेस्तोल देखाएको स्वीकार पक्राउ पर्ने क्रममा स्वीकार गरेको बताए । 

बस्नेतले पक्राउ पर्दा पेस्तोल आÏनै भएको र आफूले द्वन्द्वकालमा सुरक्षाको लागि स्वीकार गरेको भएपनि तर आइतबार बिहान भने स्थानीय खुमबहादुर केसीले  आफूलाई फसाउन षड्यन्त्र गरेको बयान दिएको प्रहरी प्रमुख कडायतले जानकारी दिए । कडायतले बस्नेत र केसीलगायत अन्य युवाहरु माथि पनि अनुसन्धान जारी रहेकोले थप अनुसन्धान पछि मात्रै तथ्य कुरा सार्वजनिक हुने जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाईले घटना रहस्यमय भएकोले अनुसन्धान पछि मात्रै तथ्य कुरा भन्न मिल्ने बताए । जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बीरबहादुर बस्नेतका बारेमा प्रहरीलाई खबर गर्ने युवाहरुदेखि सबैलाई झिकाएर अनुसन्धान थाल्न ईप्रका तुलसीपुर निर्देशन दिएको बताए ।

घटना यसरी भयोः सुशीला   
बीरबहादुर बस्नेतकी पत्नी सुशीला बस्नेतले फोनमा दिएको जानकारी अनुसार बस्नेतका पति÷पत्नी शनिबार बेलुकी छिमेकी बम्पलाल चौधरीका ७ वर्षे छोरा विशाल चौधरीको जन्मदिनमा पुगेका थिए । त्यहाँ खानपिन र मनोरञ्जन भयो । सुशीलाले आÏना पति बीरवहादुरले पनि खुसीयाली मनाउने क्रममा मदिरा सेवन गरेको बताइन् ।

तर उनीहरु पतिपत्नी करिब ९ बजेतिर घरमा आइपुगे । पतिपत्नीको सल्लाह बमोजिम सुशीलासँगै रहेको माइती, जहाँ उनकी भतिजी सुत्केरी बस्न आएकोले उनलाई भेट्न पुगिन भने वीरबहादुर घरसँगै रहेको माछा पोखरीमा कसैले माछा चोर्लान्की भन्ने हेतुले पुगेको बताउँछिन् । 

सुशीलाका अनुसार मातेको सुरुमा वीरबहादुरले ‘नाकाबन्दीले माछा व्यवसायबाट यो पटक पूरै  घाटा पुग्ने भयो भन्दै एक्लै बोलिरहेका थिए ।’ त्यसपछि उनी माइतीको घरभित्र पसेर भतिजीसँगको गफमा मस्त भइन् । पतिको हेक्का राखिनन् । तर केहि बेरपछि दुईवटा मोटरसाइकल आÏनो घरतर्फ लागेको देखेपछि उनी दौडेर घर पुगेको बताउँछिन् ।  

सुशीलाको अनुसार उनी घर पुग्दा उनका श्रीमान् वीरबहादुरका हात पछाडि पारेर बाँधिएका थिए, भने स्थानिय युवाहरु खुमबहादुर केसी र प्रेम पाण्डेले कुटपिट गरिरहेका थिए । सुशीलाले फोनमा भनिन् ‘मेरा पति वीरबहादुरको मुख रग्ताम्मे थियो, नपत्याए रगत घरको आँगनमा अझैंपनि आलै छ हेर्न आए हुन्छ ।’ सुशीलाले त्यहाँ अन्य दुईजना पेस्तोलसहित उभिएको पनि बताइन् । जसले उनलाई आफूहरु प्रहरी रहेको बताएका थिए । त्यसपछि उनीहरुले वीरबहादुरको मुख पनि बाँधे अनि मोटरसाइकलमा चढाएर लगे । 

उनले नलैजान भनि गरेको आग्रह कसैले सुनेनन् । सुशीलाले भनिन् ‘कता लगे के गरे भन्ने चिन्ता भयो र धेरैलाई बुझ्न लगाउँदा ईप्रका तुलसीपुर पु¥याएको भन्ने जानकारी मिल्यो ।’ उनले थपिन ‘तर म आज छाङ्गाबाट खसेझै भए, जब उनलाई प्रहरीले उनका पति वीरबहादुर नलकटुवा पेस्तोलसहित पक्राउ परेको कुरा सुनायो ।’ उनको जिकिर थियो, ‘यो सरासर झुठ हो । यो सब खुमबहादुर केसीकै षड्यन्त्र हो ।’ 

उनले खुमबहादुर केसीले गत तिहारको दिन पनि आÏना पति वीरबहादुरलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको बताइन् । सुशीलाले आरोप छ ‘पटक/पटक खुमबहादुरले धम्की दिदै आएको थियो, वीरबहादुरलाई जति हुन्छ राम्रो लगाउन दिनु, मिठो खान दिनु, किनकि उसको आयु अब धेरै छैन ।’ सुशीलाले खुमबहादुर केसी टाइगर ग्रुपको व्यक्ति रहेकोले उसले पहिलेदेखि नै आÏना पति ‘वीरबहादुरले मेरो विरोध गर्छ भन्ने सोच राखी रिसइवी साँध्नका लागि मात्रै यो सबै नाटक मञ्चन गरेको जिकिर गरिन् ।’  

उनले यसअघि आफूले घरमा पेस्तोल रहेको कहिलै थाहा नपाएकोले उक्त पेस्तोल खुमबहादुर केसीकै भएको जिकिरसमेत गरेकी छन् । प्रहरीले भने घटनालाई शंकास्पद भनेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाईका अनुसार घटनामा संलग्नताको आशंकामा खुमबहादुरलाई पनि प्रहरीले हिरासतमा राखेको छ । ‘अनुसन्धान गरिरहेका छौँ, घटना शंकास्पद देखिएको छ’ उनले भने ‘दुबै प्रहरीको नियन्त्रणमा छन्, हामी अनुसन्धानकै प्रक्रियामा छौँ ।’rsamachar.comबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger