Headlines News :
Home » » जाडोमा ओठ फुट्ने समस्या छ भने जानी राखौ यी उपायहरु !

जाडोमा ओठ फुट्ने समस्या छ भने जानी राखौ यी उपायहरु !

Written By Unknown on Saturday, December 12, 2015 | 11:39 PM


जाडोमा ओठ फ्टनु वा सुख्खा हुनु सामान्य मानिन्छ । साधारणयता, यदी ओठ धेरै नै फुट्न थाल्यो भने यसले थप बिमारी बढाउन सक्ने संभावना पनि रहन्छ । तर प्राय घरेलु औषधीकै प्रयोगले ओठ फुट्ने र सुख्खा हुने समस्याबाट मुक्त पाइन्छ ।

१ झोल पर्याप्त पिउनुहोस्: दैनिक आठदेखी १० ग्लास पानी पिउनु निकै राम्रो हुन्छ । तपाईको शरिर सुख्खा भएपछि त्यसको पहिलो असर ओठमा देखिने हो ।

२ ओठ कहिल्यै नचाट्नुहोस्: मानिसहरु ओठ सुख्खा भएपछि त्यसलाई जिब्रोले चाट्ने गर्छन् । तर त्यस्तो गर्दा ओठ अझै फुट्छ । तत्कालका लागि यसो गर्नाले केही सहज हुनसक्छ । तर बिस्तारै तपाईको ओठमा रहेको चिल्लोपना पनि यसरी जिब्रोले चाट्दा हराउन थाल्छ र तपाईको ओठ थप सुख्खा हुन्छ । 

तपाईको ओठलाई छालामा रगड्नु भयो भने त्यसले उल्टै इन्फेक्सन गर्छ । बरु त्यसको सट्टा तपाई ओठमा लगाउने विभिन्न क्रिमहरु प्रयोग गर्न सक्नुहुनेछ ।

३ ओठ सफा गर्नुहोस्: कुनै पनि क्रिम प्रयोग गर्नुअघि ओठको फुटेको भागमा डेड अवस्थामा रहेको छाला हटाउनुहोस् । यसो गर्नाले ओठको घघाउ राम्ररी देखिन्छ । तर तपाईको ओठलाई रगड्ने काम भने नगर्नुहोस् । आफैँ जान लागेको छाला छ भने मात्रै हटाउनुहोस्, जर्बजस्ती गर्दा उल्टै इन्फेक्सन हुनसक्छ । 

त्यसपछि क्रिम लगाएर आफ्नो ओठमा त्यसलाई बिस्तारै दल्नुहोस् । त्यस्तै तपाईले चिननी वा नूनको रसलाई पनि ओठमा दल्न सक्नुहुन्छ । त्यसमा ओलिभको तेल मिसाएर दल्दा पनि राम्रो हुन्छ । त्यस्तै, तपाईले मन्जनको प्रयोग गरेर पनि ओठलाई सफा गर्न सक्नुहुन्छ । 

यसले पनि तपाईको ओठको बिग्रिएका छालाहरु हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर साबुनको प्रयोग नगर्नुहोला किनकी साबुन वा फेसवासले तपाईको ओठलाई थप सुख्खा पार्छन् ।

४ क्रिम प्रयोग गर्नुहोस: तपाईले ओठलाई ठीक राख्नका लागि त्यसलाई सफा गरेपछि चिपस्टिक वा अन्य क्रिम प्रयोग गर्नुहुन्छ होला । 

तर याद गर्नुहोस्, त्यसमा राखिएको च्याम्फोर र पेटोलियम जेली जस्ता पदार्थहरुले तत्कालका लागि ओठलाई ठीक बनाएपनि पछि फेरि सुख्खा बनाउने र त्यसैका कारण तपाईले पटक पटक त्यसको प्रयोग गरिरहनुपर्ने अवस्था आउँछ । 

त्यसैले नरिवलको तेल, मह, बटर, आलमण्डको तेल र अन्य प्राकेतिक चिल्लो पदार्थयुक्र क्रिम प्रयोग गर्नुहोस् । प्राकृतिक नौलीको प्रयोगले पनि तपाईको ओठ ठीक पार्नसक्छ ।

५ तेल मिसाउनुहोस: तपाईको ओठको उपचारका लागि केही तेल तपाईको ओठमा लगाउदाँ हुन्छ । तर तपाईले तेल लगाउँदा त्यस्तो तेल स्वच्छ हुन भने जरुरी छ । जस्तै, नरिवलको तेल, आलमण्ड तेल, जोजोवा तेल, ओलिभ तेल, रोसिहिप तेल वा नौली लगाउँदा राम्रो हुन्छ ।

६ यदी चर्याउने छ भने त्यसलाई ठीक गर्न यसो होस्: यदी तपाईको ओठ चर्याएर तपाईलाई हाँस्न समेत समस्या भइरहेको छ भने त्यसका लागि तपाईले यि उपाय अपनाउनुस् ।

क) तपाईको ओठमा दैनिक रुपमा काँक्राको रस दलेर त्यस १० मिनेटसम्म राख्नुहोस् । यो निकै प्रभावकारी हुन्छ ।
ख) तपाईले थोरै मह लगाएर ओठलाई केही ठीक बनाउन सक्नुहुन्छ ।

७ केमिकल नभएको लिपिस्टीक र टुथपेस्ट प्रयोग गर्नुहोस् : स्मेटीक सामान जस्तै लिपिस्टिकको प्रयोगले पनि ओठ सुख्खा हुनसक्छ । त्यस्तै ओठमा लगाउने अन्य क्रिमहरुले पनि उल्टै अ‍ोठलाई सुख्खा बनाउँछन् । 

फ्लूराइडयुक्त मन्जनको प्रयोगले पनि ओठलाई सुख्खा बनाउँछ । त्यसैले मन्जन प्रयोग गर्दा फलूराईड फ्रि मन्जन मात्रै प्रयोग गर्नुहोस् । न्यानोमा बस्नुहोस् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger