Headlines News :
Home » » पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ

पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ

Written By Unknown on Monday, December 21, 2015 | 5:35 AM


दाङ,पुस ६/ पश्चिम दाङको एक सामुदायिक वनमा जामुनाको रुख काट्दै गरेको अवस्थामा सशस्त्र वन रक्षकको टोलीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चकूले गाविस ८ सिमलकुना निबासी ४८ बर्षका गोपीलाल शर्मा रहेको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिएका छन् । 

पञ्चकूले गाविस ६,७ र ८अन्तर्गतको सातपोखरी हुरुम सामुदायिक वन  समुहमा जामुनाको रुख काट्दै गरेको अबस्थामा शर्मालाई पक्राउ गरेको धनौरी सेक्टर वनले आज सार्वजनिक गरेको छ । सामुदायिक वनमा रुख चिरान गर्दैै गरेको सूचना पाए पछि जिल्ला वन कार्यालय घोराहीबाट खटीगएको वन रक्षकको टोलीले हिजो दिउसो वनमै दार चिरान गर्दै गर्दा पाक्राउ गरेको हो ।

शर्माले ढालेको रुख ७० क्युफुटको रहेको फरेष्टर गौतमले बताए । यता जिल्ला वन कार्यालयका वन अधिकृत नबराज काफ्लेलाई कस्तो कार्वाही हुन्छ भनि सोध्दा आफूलाई यसबारेमा थाहा नभएको भन्दै वन ऐन पल्टाएर हेर्नुस भन्दै जवाफ दिए ।

 “म अहिले राजपुरको जंगलमा छु, मलाई वन ऐनको बारेमा थाहा छैन् आफै हेरेर लेख्नुस काफ्लेले भने ।” सेक्टर वनले २८ हजार बराबरको विगो कायम गरेको छ । पक्राउ परेका शर्मालाई जिल्ला वन कार्यालय घोराहीमा राखीएको छ । डेढ बर्ष अघि सामुदायिक वन समुहको नविकरण म्याद सकिएकाले राष्ट्रिय वन सरह मानिने एक वन कर्मचारीले बताए । १० हजार भन्दा बढी  विगोको मुद्दा जिल्ला अदालतमा जाने व्यवस्था छ । ओपेन्द्र बस्नेत dangkhabarबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger