Headlines News :
Home » » यस कारण राख्दारहेछन महिला सांसदहरुले पुरुष पिए !

यस कारण राख्दारहेछन महिला सांसदहरुले पुरुष पिए !

Written By Unknown on Friday, January 1, 2016 | 6:42 PM


पुस १८, काठमाडौं । महिलालाई पुरुषले पछि पारेको गुनासो गर्ने महिला नेतृ आफ्नै पिएका रुपमा भने पुरुषलाई मात्र विश्वास गर्दछन् । राष्ट्रपति, सभामुखका पिए पुरुष छन् भने अधिकांश महिला सांसदका पिए पनि पुरुष नै छन् ।

पुरुष पिए ‘सुरक्षित र भरपर्दो’
महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने, महिला र पुरुष बराबरीलगायतको भाषण दिएर नथाक्ने अधिकांश महिला नेतृले आफ्नो पिए पुरुष राख्ने गरेका छन् । 

महिलाले पिएको भूमिका पूरा गर्न नसक्ने उनीहरूको तर्क छ । प्राय: राजनीतिक दलका नेतृहरू पुरुष पिए सुरक्षित र भरपर्दो हुने बताउँछन् । साँझ–बिहान बैठक हुने र महिला पिएले सो काम गर्न नसक्ने भएकाले पुरुष पिए नै राख्नुपरेको उनीहरूको भनाइ छ ।

राष्ट्रपतिदेखि सभामुख सबैका पिए पुरुष
राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, एमाले महासचिव ईश्वर पोखरेलपत्नी मीरा पोखरेल ध्वजू, सांसद सुशीला नेपाल, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, कांग्रेस पूर्वसचेतक कमला पन्तदेखि आरजु राणा देउवाले पुरुष पिए राखेका छन् । 

पुरुष पिए राख्ने महिला सांसदहरू सुरक्षा र काममा सहजताका कारण महिलालाई स्वकीय सचिव नबनाएको जिकिर गर्छन् । दुवै बराबर भएकाले पुरुषलाई पिए राखेको उनीहरूको तर्क रहेको नयाँ पत्रिकामा खबर छ  ।

पुरुष पिएको पक्षमा महिला सांसदको तर्क
संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिकी सभापतिसमेत रहेकी एमाले सांसद रञ्जु झाले पनि महिलाको तुलनामा पुरुष पिए नै बढी प्रभावकारी भएको अनुभव सुनाइन् । 

‘पहिला मैले महिलालाई नै स्वकीय सचिव बनाएकी थिएँ,’ उनले भनिन्, ‘रात–बिहान काम गर्नुपर्ने, कामको चाप हुने, तर महिला पिएले काम गर्न नसक्ने भएपछि मैले पुरुष राखेकी हुँ ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger