|
|
फागुन १३, काठमाडौं । म्यानपावरविरुद्ध प्रहरीले अप्रेशन थालेको भन्दै म्यानपावर व्यवसायीहरुले बिहीबारबाट म्यानपावर कार्यालयहरु बन्द गरेका छन् ।
भिसा आइसकेका कामदार एक हप्ताभीत्र पठाउने र अरु कुनै पनि काम नगर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
म्यानपावर कम्पनीहरुमा छापा मार्ने अधिकार प्रहरीलाई नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ ।
वैदेशिक रोजगार सम्वन्धी कुनै कुसर अपराध भए गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र रहेको संघको दावी छ ।
Post a Comment