|
|
चैत्र २१ दाङ । दाङको धर्ना गाविसको धारापानीस्थित पाण्डवेश्वर मन्दिरमा ८ हजार १ सय १३ किलो तौलको ५५ दशमलव ५५ फिट अग्लो त्रिशूल राखिएको छ ।
महाशिवरात्रिका अवसरमा फागुन ५ गते स्थापना गरिएको उक्त त्रिशूल विश्वकै सबैभन्दा ठूलो भएको दाबी मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
फलाम, पितल, तामा, सुन र चाँदीबाट तयार गरिएको उक्त त्रिशूल करिब २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
सोही अवसरमा मन्दिर क्षेत्रमा १ सय ८ जोडी वरपीपल र समीका बिरुवा त्रिशूल आकारमा रोपिएको छ भने १ सय ८ शिवलिंग स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको छ ।-साप्ताहिकबाट
Post a Comment