|
|
रुकुम २१- चैत । अति आबश्यक सामाग्रीहरुको सहज पहुँच तथा जिल्लामा भैरहेको कालोबजारीको अन्त्यको लागि रुकुमका बिद्यार्थीहरु आन्दोलित भएका छन । जिल्ला स्थित बिद्यार्थी संघसंगठनहरुले त्यसको बिरोध स्वरुप सदरमुकाम मुसिकोट खलंगामा नाराबाजी सहित बजार परिक्रमा गरेका छन ।
कालोबजारीले निमुखा जनताहरुको साँझ बिहानको छाक टार्न धौधौ भैरहेको भएपनि सरकारले ध्यान नदिएकाले आन्दोलन गर्नुपरेको बिद्यार्थीहरुले बताएका छन । बजार परिक्रमा पश्चात भएको कोणसभामा बोल्दै नेपाल बिद्यार्थी संघ रुकुमका अध्यक्ष लालबहादुर ओलीले देशमा ब्यापक कालोबजारी भैरहेको अवस्थामा राज्यले यसको नियन्त्रण गर्नुपर्छ भनेर बिद्यार्थीहरुले भनिरहेको भएपनि त्यसको सुनुवाई नहुँदा आन्दोलनमा आउनुपरेको बताए ।
त्यस्तै अखिल क्रान्तिकारी रुकुमका अध्यक्ष जीवन केसीले देशमा भैरहेको कालोबजारी अन्त्य नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए । ‘रुकुममा भएको यो आन्दोलन शुरुवात मात्र हो, यदि यसको पनि सुनुवाई भएन भने गाउँगाउँका बिद्यार्थीहरु सडकमा आउछन ।
उनले भने । जिल्ला प्रहरी कार्यालय रुकुमको बाटो भएर जिल्ला प्रशासन तर्फ आउन खोजेका बिद्यार्थीहरुलाई प्रहरीले गेटमै रोकेको थियो । माथीतिर आउन खोज्य बिद्यार्थी र रोक्न खोज्ने प्रहरी बिच केहि बेर धकेलाधकेल समेत भएको थियो । मेगराज खड्का, तुलसीपुर अनलाइनबाट
Post a Comment