|
|
तुलसीपुर चैत-२१ । दाङको एकमात्रै विमान स्थल टरिगाउँ एयरपोर्टको भविष्य फेरि अन्यौंलपूर्ण बनेको छ । यो एरयपोर्ट सदाको लागि वन्द गर्ने कि व्यवहारिकतालाई हेरेर विमान सूचारु राख्ने भन्ने वहस सृजना भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले निर्मानाधिन खानेपानी ट्याङ्कीलाई कारण देखाउँदै विमान सेवा सदाको लागि वन्दगर्ने चेतावनी यसअघि नै दिइसकेको थियो । उसले विज्ञप्ति मार्फत त्यस्तो कुरा अवगत गराएको थियो ।
टरिगाउँ एरपोर्टका एयर ट्राफिक प्रभास रञ्जनले अब कानुनी रुपमा विमान संचालनगर्ने बैधानिक बाटो समाप्त भएको बताए । तर उनले विमान संचाललनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्यसंघले भविस्यको समेत जिम्मा लिदै विमान नियमित गर्न आग्रह गरेको खण्डमा भने व्यवहारिकतालाई हेरेर एयरपोर्ट संचालनमा ल्याउन सकिने तर्क गरे ।
नागरिक उड्डयन प्राधिकरणले निर्मानाधिन खानेपानी ट्याङ्कीलाई कारण देखाउँदै विमान सेवा सदाको लागि वन्दगर्ने चेतावनी यसअघि नै दिइसकेको थियो । उसले विज्ञप्ति मार्फत त्यस्तो कुरा अवगत गराएको थियो ।
टरिगाउँ एरपोर्टका एयर ट्राफिक प्रभास रञ्जनले अब कानुनी रुपमा विमान संचालनगर्ने बैधानिक बाटो समाप्त भएको बताए । तर उनले विमान संचाललनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्यसंघले भविस्यको समेत जिम्मा लिदै विमान नियमित गर्न आग्रह गरेको खण्डमा भने व्यवहारिकतालाई हेरेर एयरपोर्ट संचालनमा ल्याउन सकिने तर्क गरे ।
उनले भने ‘अब विमान नियमित गर्ने संभावना नागरिक उड्यनको तर्फवाट समाप्त भएको छ , दुर्घटनाको ठूलो जोखिम देख्दा देख्दै हामीले विमान नियमति गरिरहन सक्दैनौं ।’ एयर ट्राफिक रञ्जनले यो सवालमा अन्तिम पटक उद्योग वाणिज्यसंघ, नागरिक समाज, खानी पानी निर्माण गर्ने निकाए, पाईलट र सुरक्षाकर्मीका बीचमा छलफल गरिने जानकारी दिए ।
जिल्लाको एक मात्रै विमान स्थल टरिगाउँ एरपोर्टको नजिकै स्थानीयलाई खानेपानी वितरणको लागि ओभरहेड ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा छ । कित निर्माणाधिन निर्मानाधिन खाने पानीको संरचना भत्काउनुपर्छ अन्यथा विमान सेवा सदाको लागि बन्दहुने प्राधिकरयणले जनाएको छ ।
प्राधिकरणले उक्त पानी ट्याङ्कीका कारण विमान कुनै बेला दुर्घटनामा पर्न सक्ने खतरा औंल्याउँदै विमानसेवा बन्दगर्ने निस्कर्षमा पुगेको हो । निर्माणाधिन ट्याङ्कीका कारण विमान अवतरण र उडान भर्न सक्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । गुगल सर्भेको आधारमा तुलसीपुर १२ स्थित टरिगाउँ एरपोर्टको धावनमार्गको दक्षिण तर्फ निर्माणाधिन संरचना १ सय १५ देखि १ सय २५ मिटरको बीचमा निर्माण भइरहेकोले विमान संचालनगर्न समस्या परेको टरिगाउँ एरपोर्टका एयर ट्राफिक प्रभास रञ्जनले बताए ।
उक्त निर्मानाधिन खानेपानीको संरचना १ लाख २५ हजार लिटर क्षमताको छ भने उचाई २२ मिटर रहने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव दिपक धितालले जानकारी दिए । तर खानेपानीका अध्यक्ष खेमराज वली भने उक्त संरचना भत्काउन सक्ने अवस्थामा आफूहरु नरहेको बताए ।
उनले उक्त संरचना डिभिजन खानेपानीले टेन्डर आह्वान गरि निर्माण गरेकोले त्यो भत्काउने अधिकार आफूहरुलाई नभएको बताए । उनले संरचना निर्माणका क्रममा कसैले कुनै वास्ता नगरेको तर अहिले संरचना निर्माण सम्पन्न गर्दा आफूहरुलाई अप्ठेरोमा पार्ने खेल हुनु दुभाग्र्य पूर्ण हुने बताए ।
तर उनले व्यवहारिक पक्षलाई हेरेर हाल विमान नियमित गर्नु उचित हुने बताए । उनले भने ‘खानी पानी ट्याङ्कीले हाल आईरहेको विमान सेवा संचालन गरिराख्न कुनै अप्ठेरो छैन । अहिले जारी राखौं , विमान स्थलको स्तरवृद्धि गर्दा हामी संरचना भत्काउँछौं ।’
उनले झन्डै १ करोड लागतमा खानेपानी संरचना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकोले त्यो संरचना भत्काउन सरकारलाई नै सोध्नुपर्ने बताए । उनले थपे ‘हाम्रो उदेश्य खानेपानी वितरण गर्नु मात्रै हो , विमान सेवा रोक्नु होइन । लठ्ठी पनि नभाँचिने र सर्पपनि नमर्ने विधि अपनाउनु जरुरी छ ।’
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही दाङले सार्वजनिक रुपमा १ वर्ष अघि टेन्डर आह्वान गरि खानेपानीको उक्त संरचना निर्माण सुरु गरेको थियो । एयरपोर्ट सदाको लागि वन्दगर्ने सवालमा प्राधिकरणले जिल्लाका सरोकार वाला निकाएहरु तुलसीपुर नगरपालिका, जिल्ला पव्रशासन कार्यालय , ईलाका प्रहरी कार्यालय तुलसीपुर , ईलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उद्योग वाणिज्य संघ लगाएतलाई पत्राचारगरि एक महिना अघि नै त्यस्तो चेतावनी दिइसकेको छ । -नारायण खड्का, तुलसीपुर अनलाइनबाट
Post a Comment