Headlines News :
Home » » तुलसीपुरको जीर्ण कारागारले मुहार फेर्दै

तुलसीपुरको जीर्ण कारागारले मुहार फेर्दै

Written By Unknown on Saturday, April 2, 2016 | 6:20 AM


दाङ २०, चैत / दाङको तुलसीपुरमा रहेको जीर्ण कारागार अब नयाँ बन्ने भएको छ । करिब ४ बिगाह ८ कठ्ठा १२ दशमलब ५ धुर क्षेत्रफलमा रहेको कारागार पुरानो र जीर्ण बन्दै गएपछि कैदी बन्दीहरुलाई बस्न समस्या भैरहेको बेला गृह मन्त्रालय कारागार ब्यबस्थापन बिभागबाट नयाँ कारागार भबन बन्न लागेको हो ।

गृह मन्त्रालय कारागार ब्यबस्थापन बिभागको ५ करोड ९९ लाख ९२ हजार १ सय ८७ रुपैयाँ ३४ पैसाको नयाँ कारागार भबन निर्माण र अन्य सम्बन्धित संरचनाहरुको निर्माणका लागी स्विकृत गुरु योजना अनुसार उक्त भबन बन्न लागेको हो । नयाँ भबनको आज प्रमुख जील्ला अधीकारी दिपक काफ्लेले शिलान्यास  गरेका थिए ।



गुरु योजना अनुसार जेल भबन,अफीसकम जेलर क्वाटर,सुरक्षा ब्यारेक ,सुरक्षा ब्यारेक क्यान्टीन,डिप बोरिङ,कम्पाउण्ड वाल र अन्य आबश्यकता अनुसारका साना संरचनाहरु निर्माण गर्ने लक्ष्य रहेको जेलर प्रमुख देबेन्द्र प्रकाश श्रेष्ठले बताए । पहिलो र दोश्रो चरण गरी निर्माण हुन लागेको कारागार अहिले दोश्रो चरणमा निर्माण कार्य सुरु भएको छ ।

२ करोड ४६ लाख १४ हजार ३ सय ६६ रुपैयाँ ५८ पैसाको लागत रहेकोमा श्री जयमाता ईन्जिनीयरीङ कन्स्ट्रक्सन प्रा.ली.पोखरीचौरी काभ्रेले १ करोड ८४ लाख ३५ हजार ७ सय ४२ रुपैयाँ ५७ पैसाको सम्झौतामा निमाण गर्ने जीम्मा लिएको छ ।

२०७२ साल जेठ ३१ गते निर्माण कार्य सुरु गरी २०७४ साल जेठ ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएता पनि गत बैशाखको भुकम्प र भारतले गरेको नाकाबन्दिको असरका कारण ढिला काम सुरु भएको कम्पनिका निर्माण ब्यबसायी टिका भण्डारीले बताए ।

नयाँ बन्ने संरचनामा अफीसकम जेलर क्वाटर,सुरक्षा ब्यारेक क्यान्टीन, भेटघाट कक्ष र गार्डेन रहेको जेलर प्रमुख श्रेष्ठले बताए । यो भन्दा पहिले कोशि एण्ड न्यौपाने जयमाता जेभी काठमाण्डौ ३१ पुतलीसडकले ठेक्का लिएर ४ करोड १२ लाख ६३ हजार ४ सय ८८ रुपैयाँ ४४ पैसाको सम्झौतामा कम्पाउण्ड वाल ,जेल भबन र डिप बोरिङ निर्माण गरिसकेको छ । नयाँ बन्ने संरचना भुकम्प प्रतिरोधात्मक हुने निर्माण ब्यबसायी भण्डारीले बताए । रमा पोख्रेल, तुलसीपुर अनलाइनबाट रमा पोख्रेल


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger