|
|
दाङ, २१-चैत । चारैतिर प्राकृतिक मनोरम दृश्य । छेउमा राप्ती नदी । नदीको एउटा धार बीचमा दरबार अवस्थित छ । छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्दछन् ।
दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन् । भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ । काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका ।
पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ । दरबार निर्माणको सुरुआत विसं १९४७ मा भएको थियो । भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो ।
दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन् । भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ । काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका ।
पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ । दरबार निर्माणको सुरुआत विसं १९४७ मा भएको थियो । भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो ।
तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति परशुराम चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाएका हुन । दरबार वातावरण मैत्री छ । दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो । अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन् ।
‘भवनको संरक्षण भएको छैन’ , भवनमा बस्दै आउनुभएका प्रकाश चौधरीले भने । भवनको स्वरुप सिंह दरबारको जस्तै छ । संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ । अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा । देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन ।
पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहाससँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन । नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन ।
मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नाति प्रकाशले बताए । उनि अहिले सोही दरबारको दुई कोठा उपयोग गरी बस्दै आएका छन । राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनि बताउछन ।
दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको चौधरीले बताए ।
त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएको थियो ।
राणा सरकारले लगाएको मुद्दा खेप्न राजधानी जानुपथ्र्यो त्यो बेला । अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै चर्चेर आएका छन् । दरबारका बाँकी कोठाको संरक्षण हुनसकेको छैन ।
हाल यो दरबारका कोठाहरुमा झार पलाउन थालेका छन् । धमिरोले काठ खान थालेको छ । देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा परशुराम चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन् । ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राजखान्दानको जस्तै संरचनाको दरबार बुबाले बनाएका थिए’ –,तत्कालीन नेता परशुरामको भनाइ स्मरण गर्दै भतिजा प्रकाश चौधरीले भने ।
अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन् । त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ ।
भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन् । काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन । तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ । सिंहदरबारको झल्को यो दरबारमा देख्न सकिन्छ । कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन । तुलसीपुर अनलाइनबाट साभार
Post a Comment