|
|
घोराही, २१-चैत । शनिबार राती एक निजि कार घोराहीको विपि चोकमा उत्तानो पर्ने गरि दुर्घटनामा प-यो । मादक पदार्थ सेवन गरेर कार हुईकाएका चालकले सडकको बिच भागमा रहेको ड्रममा ठोक्कीएको पत्तै पाएनन् ।
नेपाली कांग्रेसका नेता स्वर्गिय बिपि कोईरालाको शालिक बनाउने भन्दै घोराहीको कटहरबोट चोकको बिच सडकमा ड्रम राखेको छ । शनिबार राती हुईकीदै आएको कार सो ड्रममा ठोकीयो र उत्तानो प¥यो । बा १२ च ९०४९ नम्बरको कारको सिसा फुटेको छ भने केही भाग काचाककुचुक भएको छ ।

तर चालक भने सुरक्षित छन् । पल्टीएको कारलाई स्थानिय र प्रहरीले राती नै उठाएका छन् । तिब्र गतिमा रहेको कार ड्रममा ठोकीन लागेपछि ब्रेक लगाउदा अनियन्त्रीत भएर ड्रममै ठोकीदै पल्टीएको छ ।
विपिको शालिक बनाउने भन्दै नेपाली कांग्रेस दाङले करिब एक बर्ष पहिले नेता खुमबहादुर खड्का मार्फत शिलन्यास गरेको थियो ।
तर अहिले सम्म शालिक बन्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । सानो सडक बिचमा ड्रम राखिएका कारण पनि सवारी यात्रा असुरक्षित बनेको नागरिकहरु बताउछन् । -तुलसीपुर अनलाइनबाट साभार
Post a Comment