|
|
तुलसीपुर, २२- चैत । ईलाका प्रहरी कार्यालय तुलसीपुरले जलसु चौधरीको हत्यामा सम्लग्न भएको आरोपमा एकजनालाई चार महिनापछि पक्राउ गरेको छ ।
तुलसीपुर १८ क्वाङ्गी निवासी २९ वर्षीय चौधरी गत मंसिर २७ गते विहान तुलसीपुरवाट काम गरेर घर फर्किने क्रममा घरको नजिकै क्वाङ्गी र ठूटी जाने बाटोको चोकमा मृत फेला परेका थिए ।
मृतकका बाबु मगरु चौधरीले दिएको किटानी जाहेरीका आधारमा त्यसको चारमहिना पछि आईतवार तुलसीपुर १३ पढ्ढा निवासी २५ वर्षीय पतिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेर म्याद थप गरेको ईप्रका तुलसीपुरका डिएसपी कृष्ण प्रशाँईले जानकारी दिए ।

जलसुले पक्राउ परेका पतिनारायण चौधरीकोमा कामगर्दै आएका थिए । उनको हत्या हुनुभन्दा एक दिन अघि दुबैका बीचमा पारिस्रमिकताको वारेमा समेत विवाद भएको देखिएको प्रहरीले बताएको छ ।
उनको हत्या हुनुभन्दा एक दिन अघि उनीहरुका बीचमा भएको फोन सम्वादत र पतिनारायणले मृतककी श्रीमतीलाई दिएको धम्किका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । लामो अनुसन्धानपछि मात्रै चौधरीलाई पक्राउ गर्न सफल भएको र उनी हत्यामा सम्लग्न भए नभएको अदालतले पुष्टिगर्ने प्रहरीले बताएको छ । तुलसीपुर अनलाइनबाट साभार
Post a Comment