Headlines News :
Home » » रोल्पामा पशु बिमा कार्यक्रम लोकप्रिय बन्दै

रोल्पामा पशु बिमा कार्यक्रम लोकप्रिय बन्दै

Written By Unknown on Sunday, June 26, 2016 | 6:01 AM


माधवकुमार ओली/असार १२, रोल्पा । रोल्पा जिल्लामा पशुबिमा कार्यक्रम सुरुसँगै लोकप्रिय भन्दै गएको छ । किसानले विमा गरेका पशु मरेमा सरकारले ७५ प्रतिशत अनुदान दिने भएकोले यो कार्यक्रम लोकप्रिय बनेको हो ।



पशु मर्दा किसानलाई आर्थिक रूपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले ल्याएको पशु बिमा कार्यक्रम अन्तरगत रोल्पामा पनि गत मंसिरदेखी सुरु भएको हो । रोल्पामा नेशनल इन्स्योरेन्स कम्पनीले पशुबिमा गर्ने जिम्मा पाएको छ । नेशनल इन्स्यारेन्स रोल्पाका प्रमुख जनक वलीका अनुसार कम्पनीले गत मंसिरदेखी जिल्लामा पशुबिमा गर्ने काम सुरु गरेको थियो ।

पशु बिमा कार्यक्रम लागू भएपछि हालसम्म रोल्पामा १ हजार २ जना किसानले पशुबिमा गराएका छन् । बिमा गराउनेहरु धेरैजसो लिबाङ, ह्वामा, जिनाबाङ, कुरेली, मिरुल, इरिबाङ, घर्तीगाउँ, जैमाकसला लगायतका किसानहरु रहेका छन् । पशु बिमाका बारे किसानहरूलाई जानकारी नहुनु र भौगोलिक बिकटताका कारणले पशु बिमा गर्ने किसान थोरै संख्यामा मात्र भएका हुन् ।

रोल्पामा एक हजार २ वटा पशुको बिमा गरिएको छ । बिमा गराएका पशुहरूमध्ये बाख्रा ९ सय २२, गाई २४, भैसी १६, भेडा ३, बङ्गुर ८, गोरु १६ र राँगा १३ वटा रहेका छन् । अपेक्षाभन्दा कमै किसानले मात्र पशुबिमा गराएको उनले बताए । भौगोलिक बिकटता र प्रचारको कमी लगायतका कारणले अपेक्षाभन्दा कमै किसानले बिमा गराएका उनको भनाई छ ।

उनका अनुसार बिमा गरिएकामध्ये ६ वटा पशु मरेका थिए । ६ वटा मरेकामा सबै बाख्रा रहेका छन् । यसबापत कम्पनीले क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । मरेका सबै पशुको बिमा कम्पनीले भुक्तानी दिएपछि किसानहरूमा बिमाप्रति केही आकर्षण बढेको वलीले बताए । रोल्पाका अधिकांश मानिस कृषि पेसामा संग्लन छन् । धेरैजसोले भेडाबाख्रा पाल्दै आएका छन् । तुलसीपुर अनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger