Headlines News :
Home » » कपुरकोट तरकारी बजार भोली देखि सञ्चालनमा आउंदै

कपुरकोट तरकारी बजार भोली देखि सञ्चालनमा आउंदै

Written By Unknown on Monday, June 6, 2016 | 6:07 AM


जेठ २४,सल्यान । सल्यानको कपुरकोटमा भोलि मंगलबारबाट तरकारी हाटबजार सञ्चालनमा आउने भएको छ । कपुरकोट आसपासका क्षेत्रमा बेमौषमी तरकारी उत्पादन हुन थाले पछि भोली मंगलबारबाट हाटबजार सञ्चालनमा आउन लागेको हो ।



सल्यान रुकुमको प्रबेशद्धारमा रहेको कपुरकोट आसपासमा रहेका गर्पा,सिनबाङ,धनबाङ,रिम तथा रोल्पाका केही गाबिसका किसानले जेठ देखि मंसिर सम्ममा बेमौषमी तरकारी उत्पादन गर्ने गर्दछन् ।

आफुले उत्पादन गरेको तरकारीलाइ कृषि उपज बजार कपुरकोटले कपुरकोट हाटबजार ल्याउन र बिक्रि बितरण गर्न अनुरोध समेत गरेको छ । तरकारी खरिदका लागि नारायगढ,बुटवल,नेपालगञ्ज,धनगडी,दाङ लगायतका ब्यापारी कपुरकोट आइ सकेको कृषि उपज बजार कपुरकोटका अध्यक्ष शोभाकर शर्माले बताउनु भयो ।

सल्यानका किसानले बिशेष गरेर टमाटर,काउली,बन्दागोपी,भेडेखुर्सानी,सिमी,फर्सी,आलु लगायतका बेमौषमी तरकार उत्पादन गर्ने गर्दछन् । यस बर्ष समयमा नै पानी परेकाले किसानले अत्यधिक तरकारी खेती गरेको पाइएकाले पोहोर बर्ष भन्दा बढी तरकारी उत्पादन हुन सक्ने कृषि सेवा केन्द्र कपुरकोटका प्रमुख कमल रेग्मीले अनुमान गर्नु भयो ।

कपुरकोट हाट बजारबाट बर्षेनी ५ करोड भन्दा बढीको तरकारी निकासी हुने गर्दछ भने कपुरकोट आसपासका क्षेत्रमा सञ्चालन हुने एक दर्जन भन्दा बढि तरकारी बजारबाट करौडौ रुपैया बराबरको तरकारी निकासी हुने गर्दछ । सन्तोष  घर्तीको  फेसबुकबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger