Headlines News :
Home » » दाङमा डेढ बर्षीय छोरालाई घरको झ्यालबाट फ्याकेर आमाद्धारा झुन्डिएर आत्महत्या

दाङमा डेढ बर्षीय छोरालाई घरको झ्यालबाट फ्याकेर आमाद्धारा झुन्डिएर आत्महत्या

Written By Unknown on Sunday, June 26, 2016 | 5:39 AM


असार १२, दाङ । दाङमा एकजना महिलाले आत्महत्या गर्नुअघि आफ्नै छोराको पनि हत्या गर्न खोजेको आशंका व्यक्त गरिएको छ ।



आफ्नो डेढ वर्षको छोरालाई झ्यालवाट फालेर आमाले आत्महत्या गरेको अनुमान गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए ।

मानपुर ९ निवासी २५ वर्षीया सीता आचार्य शनिवार बेलुका झुण्डिएर आत्महत्या गरेको अवस्थामा आफ्नै घरमा फेला परेकी ईप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरिक्षक सञ्तोष रोकाले जानकारी दिए । आचार्यका डेढ वर्षीय छोराको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

प्रहरीले मृतक सीता मस्तिष्क सम्वन्धि औषधी सेवन गर्दै आएकी एउटी मानसिक रोगी महिला भएको भन्ने जानकारी परिवार जनवाट खुल्न आएको जानकारी दिएको छ । आत्महत्या गरेकी सीताका श्रीमान भने राष्ट्रिय अनुसन्धान आयोगमा जागिरे रहेको पनि प्रहरीले जानकारी दिएको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger