Headlines News :
Home » » सल्यान कपुरकोट बजारमा सरसफाइ अभियान चलाइने

सल्यान कपुरकोट बजारमा सरसफाइ अभियान चलाइने

Written By Unknown on Monday, June 6, 2016 | 6:17 AM


जेठ २४,सल्यान । सल्यानको कपुरकोटमा सरसफाइ अभियान चलाइने भएको छ । कपुरकोट बजार सल्यान रुकुमको प्रमुख प्रबेशद्धार भएकाले मानिसको चाप दिनादिन बढ्दै गएको र फोहर पनि अत्यधिक हुंदै गएकाले सरसफाइ अभियान चलाइने भएको हो ।




धनबाङ गाबिसको कार्यालयमा बसेको सर्बदलिय,सर्बपक्षिय बैठकले सरसफाइ अभियान चलाउने निर्णय गरेको हो । गाबिसका सचिब टुकाराम ओलीको अध्यक्षतामा बसेको बैठकले कपुरकोट बजारलाइ ब्यबस्थित र सरफाइ युक्त बजार बनाउनका लागि प्रत्येक पसल तथा घरमा फोहर संकलनका लागि टोकरी राख्न र टोकरीमै फोहर संकलन गर्न बजारबासीलाइ अनुरोध समेत गरेको छ ।

यदी गाबिसले गरेको निर्णयलाइ उल्लंघन गरेको पाइएमा पहिलो पटक ५ सय,दोस्रो पटक १ हजार,तेस्रो पटक १५ सय जरिवाना तिराउने र चौथो पटक पनि फोहर गरेको पाइमा कानुन बमोजिम कारबाही गरिने गाबिसले जनाएको छ ।

सरसफाइ अभियान अत्यन्तै राम्रो भएकाले यसलाइ प्रभाबकारी बनाउन बजारबासीले पनि साथ दिने जनाएका छन् । कपुरकोटमा संकलन गरिएको फोहरलाइ कपुरकोट खारा पहिरोमा फालिनु पर्ने र जसले गर्दा खारा पहिरोको रोकथामका लागि केही हदमा सहयोग पुग्ने स्वास्थ्य चौकी कपुरकोटका प्रमुख देबेन्द्र कुमार सेनले जानकारी दिनु भयो । बजार सरसफाइ युक्त भएमा बजार पनि सुन्दर देखिने तथा बिभिन्न मौषमी सरुवा रोगबाट पनि बच्न सकिने सेनले बताउनु भयो । सन्तोष घर्तीको फेसबुकबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger