|
|
घोराही लमही सडक खण्डको बबई खोलामा मालबहाक ट्रक पल्टीयो । विराटनगरबाट त्रिपुरको खैरामा रहेको प्लाई उद्योगमा कच्चा पदार्थ लिएर आउदै गरेको ना ६ ख १३१७ नम्बरको ट्रक पल्टीयो ।
ट्रकमा रहेका तीन जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । पुल बन्दै गरेको स्थानमा ट्रकले सडक भन्दा माथीबाट च्याँपेर ल्याउदा पानी भरिएको खाल्डोमा परेर पल्टीएको छ । उता तुलसीपुरको दोघरे पुल नजिकै बस मुनि मोटरसाईकल छिरेको छ ।
तर त्यहाँ पनि मानविय क्षति भएन । ना ३ ख २८७२ नम्बरको बस मोडिने क्रममा रा १ प ५०९४ नम्बरको मोटरसाईकल बस मुनि छिरेको छ । दुर्घटना हुने देखिएपछि चालक मोटरसाईकलबाट हाम फालेका थिए ।
दुर्घटना ठूलो भए पनि भाग्यले क्षति हुन पाएन ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख रामप्रसाद पोख्रेलले जानकारी दिए । शनिबार लमहिमा बस दुर्घटना हुदा एक बालकको मृत्युभएको थियो भने १९ जना घाईते भएका थिए ।
Post a Comment