|
|
तुलसीपुर नगरपालिका वडा नं २ रक्षाचौरबाट सवारी ज्यान मुद्दाका प्रतिवादी ममबहादुर वलीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनी विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७० साल पुस २५ गते गरेको फैसलाले दुई महिना कैद र एक हजार जरिमाना तोकेको थियो ।
फैसला लगतै फरार प्रतिवादी वली फरार रहेकोमा प्रहरीको विशेष अभियानमा खटिएको प्रहरी टोलिले रक्षाचौरवाट पक्राउ गरेको ईप्रका तुलसीपुरका डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो ।
Post a Comment