|
|
पूर्व उपप्रधानमन्त्री तथा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सभासद् कृष्णबहादुर महराले आफूले दान गरेको करिव ३२ रोपनी क्षेत्रफल रहेको जग्गामा उक्त कलेज निर्माणका लागि शिल्यान्यास गरेका हुन् । कलेजको शिल्यान्यास गर्दै महराले यही आर्थिक वर्षमा १ करोड १३ लाख खर्च हुने बताए । उनका अनुसार कार्यालयका साथै केही कक्षा कोठासमेत निर्माण हुनेछन् ।
रोल्पामै पोलिटेक्निकल कलेज निर्माण भएपछि रोल्पाको शैक्षिक क्षेत्र सुधारका साथै जिल्लाको उचाई थप माथि उठ्ने महराले बताए । कलेज शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मासहित जिल्लास्थित विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो । खबरडबलीबाट
Post a Comment