Headlines News :
Home » » तुलसीपुरमा सभाहल निर्माणको प्रक्रिया सुरु

तुलसीपुरमा सभाहल निर्माणको प्रक्रिया सुरु

Written By Unknown on Monday, July 18, 2016 | 10:41 PM


साउन ४, दाङ । तुलसीपुर उद्योग वाणिज्य संघले आफुलाई दानमा प्राप्त भएको जग्गामा बहुदउदेश्यीय सभागृह निर्माणको प्रक्रिया सुरु गरेको छ । गत साल तुलसीपुरमा आयोजित धार्मिक महोत्सववाट बचत भएको दुई करोड बढी रकमवाट भवन निर्माणको प्रक्रिया सुरु भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाले जानकारी दिए ।



तुलसीपुर ९ दोघरेमा संघलाई प्राप्त चार कठ्ठा क्षेत्रफलको जग्गामा बहुउदेश्य सभागृह निर्माणका लागि असार अन्तिम साता मात्रै जग्गाको नाप नक्साङकन गरिएको थियो । जग्गा छुट्याइएकोले अबको केही दिन भित्रै कम्पाउन्ड निर्माणको काम सुरु हुने अध्यक्ष रिजारले बताए ।

उनले भने ‘ अब संघलाई दानमा प्राप्त भएको जग्गाको वरिपरी वाल निर्माणको काम लगतै सुरु हुन्छ , त्यसपछि हामी अन्यकाम क्रमशः सुरु गर्नै छौं ।’

बजेट भाषणमा प्रस्तुत रकमवारे अन्यौल
तुलसीपुरमा वहुउदेश्य सभाहल निर्माणको लागि बजेटको व्यवस्था गरिएको कुरा अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उल्लेख गरेका थिए । तर त्यसवारे अन्यौलता भने थपिदै गएको जानकारहरु बताउँछन् ।

सरकारको नयाँ आर्थिक वर्षको बजेट भाषणमै उल्लेख भएको कुरावारे सोधिखोजी गर्न तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी काठमान्डौं पुग्दा नेकपा एमालेका नेताहरुले अरनीको मैदानमै उक्त सभाहल निर्माण गर्ने भएमात्रै बजेट उपलब्ध हुने बताएका रहेछन् ।

बजेट भाषणमा उल्लेख गरिएको कुराको टुङ्गो नभएकोले तुलसीपुर उद्योग वाणिज्य सघंले फेरि तुलसीपुरमा व्यापारिक महोत्सव लगाउने निर्णय गरेको स्रोतले बतायो । आगामी माघ १३ गते देखि २३ गतेसम्म तुलसीपुरको अरनिको मैदानमा मध्यपश्चिमाञ्चल क्षेत्रीय व्यापारिक महोत्सव लगाउने निर्णय संघको हालैको बैठकले गरेको हो ।

माघमा लगाउने भनिएको महोत्सववाट एक करोड वढी बचत गर्ने लक्ष्य संघले लिएको छ । दोघरेमा यज्ञवहादुर केसीले दान स्वरुप संघलाई प्रदान गरेको निजी जग्गामा वहुदेश्य सभागृह निर्माणमा आर्थिक सहयोग संकलन गर्नै उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष विमल रिजाले बताए ।

सघंका अध्यक्ष रिजालको अध्यक्षतामा गत शनिवार बसेको वैठकले त्यस्तो निर्णय गरेको हो । संघको बैठकले यस क्षेत्रको कृषि , व्यापार, पर्यटन र उद्योगको प्रर्वद्धन र विकासका लागि महोत्सव संचालनगर्ने निर्णय गरेको अध्यक्ष रिजालले बताए ।

बजेट भाषणमाको बजेटवारे सोधिखोजिगर्न गएका तर नाम उल्लेख नगर्ने सर्तमा काठमान्डौंवाट फर्किएका एक जना व्यवसायीले फोनमा भने ‘ दोघरेमा हुँदैन बरु अरनीको मैदानको उत्तरमा रहेको समिक्षालयलाई भत्काएर त्यस्तो सभागृह निर्माण गरेमात्रै बजेट प्राप्त हुन्छ भन्ने जानकारी नेकपा एमालेका नेताहरुले जिकिर गरेपछि हामी निराश बन्यौं ।’

नेकपा एमालेका सचिव शंकर पोख्रेलले पनि निजी जग्गामा वहुउदेश्य सभाहल निर्माण गर्न नमिल्ने भएकोले त्यसमा सरकारले अनुदान दिन मिल्दैन भन्ने दाबी गरेको ती व्यवसायीले बताए । ती व्यवसायीका अनुसार एमाले सचिव पोख्रेलले भनेका रहेछन् ‘ पातुखोलापारी सभाहल निर्माण गर्नु हुँदैन , त्यो बजार देखि टाढा भयो , त्यसैले तुलसीपुरमै सभागृह निर्माण गरौं बजेत निकासा हुन्छ ।’

तर एमाले सचिव पोख्रेलको कुरामा तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु समहत नभएपछि अर्थमन्त्री विण्णु पौडेललाई भेट्नका लागि गएका उनीहरु भेट नै नपाई फर्किएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाले पनि भेट नपाएको कुरा स्वीकार गरे । अध्यक्ष रिजालले भने ‘ हामीलाई जग्गा दोघरेमै प्राप्त भएकोले तुलसीपुरको समिक्षालयमा सभागृह निर्माण गर्न सकिदैन ।’

‘हामीले निर्माण गर्न लागेको सभागृह निजी हैन साझा नै हो । साझा पर्यत्नका लागि हुँदै गरेको हाम्रो काममा वर्तमान सरकार बाधक जस्तै देखियो अब नयाँ सरकार पछि फेरि हामी सरकारको बजेट भाषणमा उल्लेख भएको कुरा खोज्न जानेछौं ।’ अध्यक्ष रिजालले भने ।

उनले सरकारको बजेट भाषणमा तुलसीपुरमा सभागृह निर्माणको लागि बजेट विनियोजन गरेको भएपनि कति बजेट भन्ने अझैं एकीन भइ नसकेको जानकारी दिए । तर कम्तिमा ५ करोड आउन सक्ने आँकलन गरिएको अध्यक्ष रिजाले बताए । संघले दोघरेमा निर्माण गर्ने भनिएको वहुउदेश्य सभाहल निर्माणको लागि झन्डै ५ करोड खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष रिजालले बताए । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger