Headlines News :
Home » » दाङमा युवा स्वरोजगारको १ करोड वढी वितरण, कस्ता व्यवसाय गर्नेलाई कति-कति बाडियो ?

दाङमा युवा स्वरोजगारको १ करोड वढी वितरण, कस्ता व्यवसाय गर्नेलाई कति-कति बाडियो ?

Written By Unknown on Monday, July 18, 2016 | 10:52 PM


भरतराज शर्मा/साउन ४, दाङ । युवाहरुलाई स्वरोजगारमुखी वनाई राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन दाङमा १ करोड ४ लाख ४८ हजार रकम वितरण गरिएको छ ।

व्यवसायीक पशुपालन गरेका युवाहरुलाई प्रोप्तसाहनका लागि सरकारको नीति अनुसार प्याकेजमा अनुदान सहयोग वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय दाङका पशु चिकित्सक रमेश प्रसाद नेपालीले जानकारी दिए ।

पशुपालन, माछापालन, वाख्रापालन र पशुपंछी प्रवद्र्धन लगायतका शिर्षकमा कार्यालयले उक्त रकम अनुदान सहयोग उपलब्ध गराएको नेपालीले जानकारी दिए । जिल्ला पशुसेवा कार्यालय दाङले गत आर्थिक वर्ष ०७१/०७२को उक्त अनुदान सहयोग वितरण गरेको हो ।

कार्यालयले युवा लक्षित स्वारोजगार कार्यक्रम अन्र्तगत गाई तथा भैंसी पालनमा १ लाख देखि २ लाख २५ हजार सम्म १२ जना किसानहरुलाई रकम वितरण गरेको छ । त्यस्तै १६ लाख ३५ हजार वाख्रा पालनमा वितरण भएको छ । जसमध्ये २ जना किसानलाई जनही २ लाखका दरले ४ लाख गोठ तथा खोर सुधार ,मासु पसल प्रवद्र्धनमा खर्च गरिएको छ ।

त्यस्तै डेरीको विकासमा ८ जना किसानहरुलाई १६ लाख ३५हजार वितरण गरिएको नेपालीले बताए । जिल्लाका विभिन्न सहकारीहरुलाई निक्षेपीकरण कार्यक्रम अन्र्तगत २१लाख अनुदान सहयोग उपलब्ध गराएको र अन्य सामान्य सहयोगमा पनि ३५लाख वढी रकम सहयोग उपलब्ध गराईएको पशुसेवा कार्यालय दाङको योजना शाखाले जानकारी दिएको छ ।

मासु तथा दूग्ध उत्पादनमा जिल्लालाई आत्मनिर्भर वनाई मासु तथा दूधको आयातमा पैठारी हुने अर्थतन्त्रलाई रोक्न पशुपालक किसानहरुलाई प्रोत्साहन स्वरुप व्यवसायीक पशु तथा पछीं पालनमा अनुदान सहयोग उपलब्ध गराइएको पशु चिकित्सक नेपालीले बताए । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger