|
|
अविरल वर्षासंगै हात्तिखौवा सोतामा आएको बाढीले बगाउँदा तुलसीपुर-४ नयाँबस्ती निवासी ६५ बर्षीया कमला नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिए ।
कमलालाई गएराति नै हात्तिखौवा खोताले बगाएको थियो । परिवारजनका अनुसार सौच गर्न निस्किएको समयमा घर नजिकको हात्तिखौवा सोतामा उनी चिफ्लिएर खस्न पुगेको अनुमान गरिएको छ ।
कमलाको शव सोमवार विहान साढे ६ वजेतिर झन्डै डेढ किलोमिटर दक्षिण तुलसीपुर ६ गाईडहरमा फेला परेको हो । स्थानीयहरुले नेपालीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि राप्ति अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment