|
|
|
|
हरित नगर अभियान चलाएका जिल्ला घोराही र तुलसीपुर नगरपालिकाले आर्थिक वर्षको सुरुवातमै उज्यालो नगर अभियान चलाउन थालेको समाचार आजको गोरक्ष दैनिकले छापेको छ ।
उज्यालो नगर अभियानका लागि घोराहीमा ५० लाख र तुलसीपुरमा ८० लाखको वजेट विनियोजन गरिएको छ । आर्थिक वर्षको प्रारम्भमै अभियान स्वरुप घोराही र तुलसीपुरका सडकमा सौर्य वत्ती जडान गरिने छ ।
घोराहीमा सौर्य वत्ती जडानका लागि नगरभित्रका २२ वटा संस्थाले निवेदन दिएका छन्, भने तुलसीपुरका मुख्य सडक र वजारभित्रका ८ वटा टोलमा सौर्यवत्ती जोडिने छ ।

Post a Comment