|
|
|
|
तुलसीपुर–१२ पुकार पसल नजिकै रहेको गुहार खोलामा गिट्टी बालुवा उठाउँदै गरेका टेक्टर र जेसीभीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रहरीको टोलीले अबैध रुपमा गिट्टी बालुवा उठाउँदै गरेको अवस्थामा रा१त १४४१, रा१त १४८९, रा१त १८७९, रा१त १८८०, लु२त ३२२२ नम्वरका टेक्टर, दुईवटा अनटेष्ट टेक्टर र एउटा जेसीभी पक्राउ गरेको हो ।
पक्राउ परेका चालकलाई भने गाडी मालिकको जिम्मामा छाडिएको प्रहरीको भनाइ छ । पछिल्लो समयमा दाङका खोलाहरुमा अवैध रुपमा गिट्टी बालुवा उठाउनेहरुको सञ्जाल सक्रि बन्दै गएको छ ।

Post a Comment