Headlines News :
Home » » प्यूठानमा पहिलो पटक एसी’ सेवा सहितको हायसमा यात्रा गर्न पाइने

प्यूठानमा पहिलो पटक एसी’ सेवा सहितको हायसमा यात्रा गर्न पाइने

Written By Unknown on Friday, March 25, 2016 | 5:53 AM


प्यूठान १२-चैत । यात्रुहरुको चाहनालाई मध्यनजर गर्दै स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति विजुवार प्यूठानले अत्याधुनिक यातायात सेवा संचालनमा ल्याउने भएको छ ।

प्यूठानमा पहिलो पटक उक्त समितिले ‘एसी’ सेवा सहितको हायस संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी र सदरमुकाम खलंगादेखि दुइवटा रुटबाट हायस संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । निकट भविस्यमै सुविधा सम्पन्न यातायात सेवा प्रदानगर्ने लक्ष्य सहित थालिएको अभियानले जिल्लामा पर्यटक भित्र्याउन र प्यूठानको महत्व देशव्यापी वनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समितिका अनुसार हायस संचालन गर्ने व्यवसायीहरुका लागि समितिले विहिवारदेखि १५ दिनको अवधि राखेर इच्छुक व्यवसायीलाई प्रवेश खुल्ला गरिसकेको छ । समितिका महासचिव चन्द्रमान श्रेष्ठका अनुसार चैत २५ गतेसम्म उक्त सुविधा प्रदान गरिने छ ।

समितिको कार्यालय जुम्रिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने,‘वैशाख अन्तिमसम्म दुवै रुटहरुबाट हायस संचालन हुनेछ ।’ पछिल्लो समय यात्रुहरुबाट हायस संचालन गर्ने माग आएकाले समितिको चैत ७ गते सम्पन्न भेलाबाट सेवा संचालन गर्ने निर्णय गरिएको समेत उनले जानकारी गराए ।

उनका अनुसार हायस संचालन गर्ने व्यवसायीहरुका लागि दर्ता शुल्क दुईलाख रुपैयाँको रकम निर्धारण गरिएको छ । ‘टोकन बुक’ गर्दा दर्ता शुल्कको २५ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

काठमाण्डौँका लागि नियमित हायस संचालन पश्चात पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने आशा गरिएको महासचिव श्रेष्ठले बताए । तर दुवै रुटबाट काठमाण्डौँ यात्रा गर्ने यात्रुहरुले एसी सहितको हायस संचालनमा भएमा हाल कायम रहेको भाडादरमा २० प्रतिशत रकम बढी तिर्नुपर्ने जानकारी दिइएको छ ।

सदरमुकाम खलंगादेखि १ हजार २९ रुपैयाँ र स्वर्गद्धारीदेखि १ हजार १ सय ७६ रुपैयाँ भाडा कायम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नियमित रुपमा यातायात संचालन गर्नका लागि भिंगृ–स्वर्गद्धारी कच्ची सडकको स्तरोन्नती गरेको खण्डमा प्यूठानको यातायाता सेवा थप सुगम बन्ने र त्यसवाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । केशर रोका, तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger