|
|
|
|
घोराही १२-चैत्र । कहिले के कहिले के अनेक थरिका कुराले संधै ट्राफिकले सवारी धनिलाई केरकार गरिरहन्छन् । विलबुक, लाईसेन्स, ब्रेक, हेडलाईट बले नबलेको, लुकिङ ग्लास नभएको, इन्डिकेटर नबलेको जस्ता अनेक कारण खोज्ने र दुर्घटना न्यूनिकरणमा सहयोगी बन्ने उदेश्य ट्राफिक प्रहरीको हुन्छ ।
तर कहिले काँही त सबै कुरा दुरुस्त हुँदा हुँदै पनि अरुको गल्तिका कारण ट्राफिकले समाप्दो रहेछ । खाएको विष पो लाग्छ, नखाको विष पनि लाग्ने त कुरै भएन । सबै मापदण्ड पुरा गरि खरिद गरिएका, कागजात भएका, बैद्यानिक आफ्ना सवारी साधन पक्राउ परेपछि कसको जंग चल्दैन ?
घोराहीमा शुक्रवार एउटा यस्तै अनावश्यक तनावमा दुई जना मोटरसाईक धनि फसेका छन् । एउटै नम्वर प्लेट भएका दुईवटा सवारी साधनका कारण अनावश्यक रुपमा मोटरसाईकल धनिका मोटरसाईकल ट्राफिकले नियन्त्रणमा लिएको छ ।
जवकी दुई वटा मोटरसाईकलको नम्बर प्लेट एउटै हुनुमा दुबै सवारी धनि कसैको केही दोष छैन । त्यो प्राविधिक त्रुटि होइन, मानविय त्रुटि मात्रै हो । लेखिदिने पेन्टरले एउटा लेख्न दिएको अर्के लेखिदिएपछि समस्या उत्पन्न भउको हो । शुक्रवार एउटा स्कुटी र मोटरसाईकल ट्राफिकले समाप्नुको प्रमुख कारण यत्ति हो ।
घोराहीको दामोदर चोकमा ट्राफिक प्रहरीले शुक्रबार बिहान जाँच गर्ने क्रममा एउटै नम्बर प्लेटका दुई साधन फेला पारेपछि नियन्त्रमा लिएको थियो । रा ३ प २३२७ नम्बर लेखिएका दुबै साधनलाई नियन्त्रणमा लिएर प्रहरीले सोरुम देखि यातायात सम्म खोजबिन गर्दा दुबै बैधानीक साधन नै भएको प्रर्माणित भएको थियो ।
स्कुटीको नम्बर रा ३ प २३२७ र पल्सरको रा ३ प २३३७ हुनु लेखिनु पर्नेमा भुलवस पल्सरको नम्बर प्लेट लेख्ने पेन्टरले २३२७ लेखिदिदा सवारी धनि समस्यामा परेका हुन । ‘दुबै नम्बर जुरेको पाईयो ।’ ट्राफिक प्रहरी प्रमुख अरुणकुमार सिंहले भने ‘ दुईवटा फरक÷फरक सवारी साधनमा एउटै नम्वर प्लेट भएपछि समात्नु हाम्रो कतव्र्य हो।’
एउटै नम्बर प्लेटको साधन भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दुबै बैधानीक पाईयो उनले भने, ‘मानविय त्रुटीले यस्तो भएको देखियो, यातायातमा बुझ्दा दुबै बैधानीक छन र पेन्टरले झुक्कीएर ३७ लेख्नु पर्नेमा २७ लेखेको रहेछ ।”
सवारी धनीलाई विलबुक अनुसारको नम्बर प्लेट लेखाएर आउन आग्रह गरिएको सिंहले बताए । उनले नम्वर प्लेट सच्चाएमा तत्काल मोटरसाईकल दिइने बताए । -निमुसंगम घर्ती, तुलसीपुर अनलाइनबाट साभार

Post a Comment