|
|
|
|
चैत १०, रुकुम । काठ चोरी तस्करी गर्ने विषयमा विवाद हुँदा रुकुममा दुई समूहबीच खुकुरी हानाहान भएको छ ।
जिल्लाको गोतामकोट गाविस ४ का ३८ वर्षीय धनबहादुर बस्नेत र विरबहादुर थापाबीच काठ चोरी तस्करी गर्ने विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको हो ।
खुकुरी प्रहारबाट बस्नेतको टाउको र हातमा गम्भीर चोट लागेको छ । उनलाई जिल्ला स्वास्थ्य कार्यालय रुकुममा उपचार हुन सम्भव नभएपछि थप उपचारका लागि यति एरलाइन्सको हवाइजहाज चार्टर गरेर काठमाडौं लगिएको छ ।
रुकुममा नेपाल एरलाइन्सको हजाइजहाज मात्र सञ्चालनमा रहेकाले बस्नेतलाई उपचारका लागि यति एरलाइन्सको जहाज बस्नेतलाई लिन सल्ले एरपोर्टमा आइपुगेको थियो ।
थापाले जंगलबाट काठ चोरौंभन्दा बस्नेतले नमानेपछि यस्तो घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुकुमका निमित्त प्रमुख प्रहरी निरीषक पुष्पकमल श्रेष्ठले जानकारी दिए । खुकुरी प्रहार गर्ने थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
– लोकेन्द्र खनालबाट

Post a Comment