|
|
|
|
घोराही, १०-चैत्र । ट्राफिक नियम बिपरित चल्ने ५० बढी मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
होली पर्वको अबसरमा हुन सक्ने दुर्घटनालाई रोक्न प्रहरीले जाँचलाई कडाई गर्दा नियम बिपरित चलेका ५४ वटा मोटरसाईकल र एउटा टिप्परलाई नियन्त्रणमा लिएको हो ।
९ वटा मोटरसाईकल र चालकलाई मादक पदार्थ सेवन गरेर चलाएको भेटाएपछि व्यक्ति र मोटसाईकल नियन्त्रणमा लिएको र अन्य ४५ वटा मोटरसाईकललाई तीन जना चढाएको, हेलमेट नलगाएको, लाईसेन्स नभएको पाइएपछि नियन्त्रणमा लिएको दाङका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए ।
जिल्लाका दुई दर्जन बढी स्थानमा सवारी जाँचलाई कडा पारिएको उनले बताए । मनोरन्जन गर्ने नाममा नियम विपरित चल्ने र दुर्घटना हुन सक्ने भन्दै प्रहरीले जाँचमा कडाई गरेको जनाएको छ ।
११ जना प्रहरी नियन्त्रणमा
यसैविच प्रहरीले ११ जनालाई नियन्त्रणमा समेत लिएको छ । लडाई झगडा गर्ने, जबरजस्ती गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र प्रहरी माथी नै हातपात गर्ने ११ जनालाई नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।
उनिहरुको गल्ती हेरेर कार्वाही हुने उनको भनाई छ । होलीको अबसरमा हुन सक्ने अबान्छीत घटनालाई मध्य नजर गर्दै प्रहरीलाई पनि अन्य दिनको तुलनामा बाक्लोरुपमा परिचालन गरिएको छ ।
Post a Comment