|
|
|
|
तुलसीपुर १६- चैत । तुलसीपुरमा बृद्धाआस्रमको घर निर्माण सुरु भएको छ । घर भुकम्प प्रतिरोधात्मक निर्माण हुन लागेको छ । यहाँका वृद्ध वृद्धाहरुले वृद्धाआस्रमको भवन निर्माण गर्न सुरु गरेका हुन ।
पश्चिम दाङमा वृद्धआश्रम नभएको सयममा तुलसीपुर–१२ को रझेनामा भुकम्प प्रतिरोधात्मक वृद्धाआश्रम भवन निर्माण गर्न थालेको वृद्धसेवा समिति तुलसीपुर दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिए ।
पश्चिम दाङमा वृद्धआश्रम नभएको सयममा तुलसीपुर–१२ को रझेनामा भुकम्प प्रतिरोधात्मक वृद्धाआश्रम भवन निर्माण गर्न थालेको वृद्धसेवा समिति तुलसीपुर दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिए ।
स्थानीय जग्गा दाता नारायण गौतमले दान गरेको तुलसीपुर–१२ को रझेनामा रहेको एक विगाह जग्गामा उक्त भवन निर्माण सुरु भएको हो । करिव एक करोड मुल्य पर्ने सो जग्गा नारायण गौतमले आफनो आमा वुवाको सम्झनामा वृद्ध सेवा समितिलाई दान गरेका थिए ।
केशवराज÷झुपाकुमारी वृद्धाआश्रमणको नामवाट वृद्धसेवा समितिले भवन निर्माण सुरु गरेको हो । हाल सम्म भवन निर्माणको काम आधा पुरा भएको जेष्ठ महिना भित्र काम सम्पन्न हुने उनले बताए ।करिव २० लाख लागतमा निर्माण हुन लागेको हो ।‘भुकम्प प्रतिरोधात्क भवन निर्माण गर्न थालेका छौ भवन निर्माण संगै वृद्धाआश्रम हामीहरुले नै सञ्चालन गर्ने छौं –अधिकारीले भने ।
विभिन्न संघ संस्था र महापुराणको रकमले सो भवन निर्माण गर्न लागेका हौं । उनका अनुसार समाज कल्यान मन्त्रालयको छ लाख, जिविस दाङको एक लाख र वृद्ध वृद्धाहरुले वृद्धाआश्रम निर्माणको सयोगार्थ लगाएको श्रीमद् भागवत महापुराणको वाट संकलित १३ लाख रकमवाट सो भवन निर्माण गर्न लागेको अध्यक्ष अधिकारीले बताए ।
५ कोठाको भवन निर्माण संगै वृद्धवृद्धाहरुलाई बस्नको लागि सहज हुने समितिले जनाएको छ । हाल वृद्ध सेवा समितिमा ६ सय ६२ जना वृद्धवृद्धाहरु आजिवन सदस्यहरु रहेका छन् । जस मध्य एक दर्जन वृद्ध वृद्धाहरु भवन अभावमा अनेत्र वस्न वाध्य भएका छन् । केशवराज झुपाकुमारी वृद्धाआश्रमको नाम वाट वृद्धाआश्रम सञ्चालनमा आउने छ । बालाराम खड्का, तुलसीपुर अनलाइनबाट
Post a Comment