Headlines News :
Home » » दाङमा दलित बसेको कोठा चोख्याउन यसरि पूजापाठ गरियो

दाङमा दलित बसेको कोठा चोख्याउन यसरि पूजापाठ गरियो

Written By Unknown on Tuesday, March 29, 2016 | 9:16 PM


चैत १७, दाङ । तुलसीपुर नगरपालिका– ३ श्रीगैंका एक दम्पत्तिले आफ्नो घरमा दलित बसेको भन्दै घर चोख्याउन पूजापाठ गरेका छन् । श्रीगैका सीता भण्डारी र उनका श्रीमानले रोल्पा नुवागाउँ– ६ का नन्दुकुमार विक र उनकी श्रीमती भीमा विकलाई कोठाबाट निकाली घर चोख्याउन पूजापाठ गरेका हुन् ।

अध्ययनको सिलसिलामा गत असोज ५ गते भण्डारीको कोठा भाडामा ल्याई बस्दै आएका दुबै जनालाई कोठाबाट निकाली मंगलवार पूजापाठ गरेको पीडित नन्दुकुमार विकले बताए । १५ महिने भेट्नरी पढ्दै आएका विकलाई पटक–पटक घरमालिक भण्डारीले दलित भन्दै मानसिक तनाव दिँदै आएको विकको भनाई छ । तुलसीपुरबाट प्रसारण हुँदै आएको रेडियो प्रकृतिमा “विषय हाम्रो विचार तपाईको” भन्ने रेडियो कार्यक्रममा फोन गरेको थिएँ । रेडियो कार्यक्रम घर साहुकी छोरीले सुनेकी रहेछिन् । मैले रेडियोमा नाम र थर भनेपछि त्यो कुरा उनीहरुले आफ्नो ठूली आमालाई आएर भनेछिन । त्यसै दिनदेखि मलाई तल्लो जातको मान्छे बसेको भन्दै कोठा छोड्न लगाइयो” विकले भने ।

जात थाहा पाएपछि घरसाहु सीता भण्डारीले “हाम्रो घरमा अशान्ति, अशुद्ध, झगडा र श्राप परेको कुरा आज मैलै ज्योतिषकहाँ गएर हात हेराउँदा थाहा पाएँ । त्यसैले तपाईहरु घरबाट निस्कनुस्” भनेको विकले बताए । घर साहु भण्डारीले “हामीले मान्ने कुल देवताले पनि सानो जातका मान्छेलाई घरभित्र भित्राएको थाहा पाएर हाम्रा हात, खुट्टा शरीर काम्ने दुख्ने भएका छन् । त्यक्तिमात्र नभई यदि श्रीमानले थाहा पाउनु भएमा उहाँ काम्नु हुन्छ । त्यसैले यो सब नहुँदै समस्याको समाधान गर्न कोठा खाली गरिदिनुस् भन्दै भण्डारीले आफूलाई बताएको विकले सुनाए ।

दलित भन्ने थाहा पाउँदाको दिनदेखि नै घर साहु सीताले कोठा खाली गर्न आग्रह गरे पनि अहिलेसम्म कोठा नछाडेको विक परिवारको भनाई छ । भण्डारीले कोठा खाली गर्नका लागि बरु अन्यत्रै कोठा खोजेर तयार पारिदिएको बताइन् । विक परिवारले कोठा छाड्न नमानेपछि मंगलवार बिहानमात्र सँगैको अर्को कोठामा ओड्ने ओछ्याउने विस्तारा, भाँडाकुँडा लगेर राखिदिएर उनीहरु बस्दै आएको कोठा चोख्याउन पूजापाठ गरेको विकले बताएको भनाइ छ ।

यस्तै घर साहु सीता भण्डारीले विकको परिवार बसेको कोठामा मरेको मान्छेको हड्डी भएको बताउँदै ग्रहशान्ति मात्र गरेको बताएकी छिन् । ज्योतिषकहाँ गएर देखाउँदा घरको दक्षिण कोठामा मरेको प्रेतआत्मा छ । त्यसैले घर बान्नुपर्छ भनेपछि मात्र आफूले पूजापाठ गराएको सीताले दावी गरिन् । “रातको समयमा श्रीमान र छोराको गला खै कसले अचेट्छ । त्यसैले यसको समाधान गर्न मैले पूजापाठ गरेको हुँ” उनले भनिन् ।


ग्रह शान्ति गराउन पुगेका पण्डित डा. गंगादत्त शर्माले कुण्डलीमा हेर्दा उक्त कोठामा प्रेत आत्मा देखिएको कारण ग्रहजब गरिदिएको बताए । यो बाहेक अन्य कुरा आफूलाई थाहा नभएको बताउँदै यदि जातीय रुपमा विभेद भएको रहेछ भने यो गलत भएको उनले बताए । 

पीडित विकले पीडकलाई कानुनी कारवाहीको माग गर्दै राष्ट्रिय दलित आयोगमा समेत निवेदन दिएको बताएका छन् । त्यसैले गर्दा विकको दम्पतिले पीडकलाई कानुनी कारवाहीको माग गर्दे सबैमा सहयोग गरिदिन आग्रह गरेका छन् । पहिलोपेजबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger