Headlines News :
Home » » तुलसीपुर नगरपालिकाले नयाँ वसपार्कमा निर्माण भएका अस्थायी टहराहरु हटाउदै

तुलसीपुर नगरपालिकाले नयाँ वसपार्कमा निर्माण भएका अस्थायी टहराहरु हटाउदै

Written By Unknown on Thursday, March 31, 2016 | 4:39 AM


तुलसीपुर १८- चैत । तुलसीपुर नगरपालिकाले नयाँ वसपार्कमा निर्माण भएका अस्थायी टहराहरु हटाउने भएको छ । बसपार्कमा अस्थायी रुपमा वनाएका घर टहराहरु हटाउने नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले बताए ।


तुलसीपुरनगरपालिका वडा नं ५ स्थित पातुखोला वसपार्क निर्माणको लागी टेण्डर आहवान समेत भैसकेकाले वसपार्क भित्र वनेका अस्थायी टहराहरु ३५ दिन भित्र भत्काउननगरपालिकाले सर्वाजनिक सुचना मार्फत सवैलाई जानकारी दिएको हो ।त्यसैगरी अस्थायी संरचनाहरु आफैले तोकीएको समयमा भत्काई वसपार्क वनाउनमा सहयोग गरी दिन हुन सम्वन्धीत सवैमा जानकारी गराएको नगरपालिकाले जनाएको छ।

‘वसपार्कको निर्माण लागि प्रकृया अगाडि बढीसकेको छ टेण्डरपनि भयो, अव केही समयमा काम सुरु हुन्छ त्यसैलाई सहयोग पु¥याउन सुचना मार्फत सवैको जानकारीका लागि बसपार्क खालिगर्न अनुरोध गरेका छौं पहिलो पटक –उनले भने।’ सो अवधि भित्र नभत्काएमा स्थानीय स्वायक्त शासन ऐन २०५५ र नियमावली २०५६ वमोजिम कारवाही अगाडी बढाईने नगरपालिकाले जनाएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger