|
|
|
|
घोराही- १८, चैत्र । दाङलाई अबको पाँच बर्ष भित्रमा पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गरिने भएको छ । खुला दिसा मुक्त घोषणा भैसकेको दाङलाई आगामी सन् २०२० सम्म पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गरिने भएको छ ।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति दाङले विहिबार घोराहीमा पूर्ण सरसफाई सम्बन्धी रणनितिक कार्ययोजना सार्वजनिक गर्दै अबको पाँच बर्ष भित्र जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने जानकारी दिएको हो ।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति दाङले विहिबार घोराहीमा पूर्ण सरसफाई सम्बन्धी रणनितिक कार्ययोजना सार्वजनिक गर्दै अबको पाँच बर्ष भित्र जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने जानकारी दिएको हो ।
पूर्ण सरसफाई युक्त जिल्ला बनाउन सबै परिवारका सदस्यहरुले स्वच्छ शौचालयको प्रयोग गर्ने, नियमित रुपले सावुन पानीले हात धुने, पानीलाई शुद्धिकरण गरेर पिउने, सुधारीयको चुलो प्रयोग गर्ने, नियमितरुपमा घर आगन सफा राख्ने, फोहोरको सहि व्यवस्थापन गर्नुपर्ने हुन्छ । साथै व्यक्तिगत र वाताबरणिय सरसफाईमा ध्यान दिनु पर्ने हुन्छ ।
यसैविच आजको कार्यक्रमबाट अब तत्कालै क्षेत्रगतरुपबाट पवननगर, मानपुर, धर्ना, लक्ष्मीपुर र गढवा गाबिसलाई पूर्ण सरसफाई युक्त गाबिस बनाउन कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ । स्वच्छता समन्वय समितिका संयोजक एवं स्थानिय बिकास अधिकारी रमेश गौतमको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाईलाई इज्जत सँग जोडेर लैजानु पर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी काफ्लेले व्यक्तिगत र वातावरणिय सरसफाईले मात्रै स्वस्थ जिवनको कल्पना गर्न सकिने बताए । सरसफाईलाई इज्जत सँग जोडेर लैजानु पर्ने भन्दै उहाँले सबै क्षेत्र र निकायले पनि पूर्ण सरसफाईको जिम्मेवारी लिनुपर्ने बताए । तुलसीपुर अनलाइनबाट

Post a Comment