Headlines News :
Home » » दाङमा सर्वाधिक ठूलो राशीको क्रिकेट प्रतियोगिता हुने

दाङमा सर्वाधिक ठूलो राशीको क्रिकेट प्रतियोगिता हुने

Written By Unknown on Thursday, March 31, 2016 | 5:30 AM


दाङ चैत्र १८ । दाङमा सर्वाधिक ठूलो राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । त्रिभुवन नगर जेसीजको आयोजना र दाङ क्रिकेट संघको संलग्नतामा पर्सी चैत्र २० गतेदेखि ‘रुस्लान जेसीज कप क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।

प्रतियोगिताको आयोजक त्रिभुवननगर जेसीजले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष राजिव उल्लाह खानले प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता हुने जानकारी दिनुभयो । दाङ जिल्ला क्रिकेट संघमा आवद्ध भएका क्रिकेट क्लवहरुको संलग्नतामा हुने २०÷२० प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ अध्यक्ष खानले जनाउनुभयो ।



यसपूर्व पनि क्रिकेट प्रतियोगिता गर्दै आएको भन्दै अध्यक्ष खानले यस वर्षदेखि जिल्लास्तरिय प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । चैत्र २० गतेदेखि २६ गतेसम्म पद्मोदय पव्लीक नमुना उच्चमाविको खेल मैदानमा हुने प्रतिगोगिताको प्रथम हुने टिमलाई २० हजार नगद नगद र शिल्ड, प्रमाण–पत्र, द्वितीयलाई १२ हजार नगद र शिल्ड, प्रमाण–पत्र प्रदान गरिने अध्यक्ष खानले जनाउनुभयो । उहाँका अनुसार विजयी दुवै टिमलाई फाइनलमा जर्सी प्रदान गरिनुका साथै म्यान अफ द सिरिजलाई मोवाइल, नगद, २ हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई टिर्सट प्रदान गरिनेछ भन्दै अध्यक्ष खानले फाइनल खेलको म्यान अफ द म्याचलाई नगद  १ हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको वेष्ट बलर, जेसीज इमरजिङ प्लेयर र बेष्ट व्याट्सम्यानलाई १ हजार ५ सय, शिल्ड र प्रमाण–पत्र प्रदान गरिने जेसीजले जनाएको छ ।

जिल्लाका विभिन्न संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागेको भन्दै अध्यक्ष खानले रुस्लानले (टाइटल स्पोन्सर), हिमालयन कापीको (को–स्पोन्सर), मारुती सुजुकी (स्वर्गद्वारी अटो डिष्ट्रिव्यूटर्स) (को–स्पोन्सर), गणतन्त्र दैनिक (मिडिया पार्टनर), होटल मधुवन प्रा.लि., बागेश्वरी इम्पेक्स, उत्सव चप्पल विराटनगर, ग्याजेट स्टोर माना टावर घोराही, इट व क्लक फ्याम्ली रेष्टुरेन्टको सहयोग रहने जनाउनुभयो ।

त्यस्तै एलायन्स ट्रेडिङ सप्लायर्स प्रा.लि., खनाल इलेक्ट्रिकल्स,  बागेश्वरी मीन ट्रेडर्स, गौरीशंकर हार्डवयेरले पनि प्रगियोगिता सञ्चालनमा सहयोग गर्न लागेको अध्यक्ष खानले जनाउनुभयो । जेसीजका अध्यक्ष राजीव उल्ला खानको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका सल्लाहकार सविन प्रियासन, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलगायतले बोल्नुभएको थियो । जेसीजका खेल संयोजक मिनराज भाटको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव लालमणि भण्डारीले गर्नुभएको थियो । dagkhabarबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger