Headlines News :
Home » » दाङमा चारवटा नगरपालिका थपिदै, नगरपालिकाको नामसहित

दाङमा चारवटा नगरपालिका थपिदै, नगरपालिकाको नामसहित

Written By Unknown on Thursday, March 31, 2016 | 9:10 PM


दाङ चैत्र १९ । दाङमा चारवटा नगरपालिका थपिने भएका छन् । जिल्लाका क्षेत्रनम्वर १, २, ४ र ५ मा एक–एकवटा नगरपालिका थपिने भएका हुन् ।

चारवटा नगरपालिका रहेको दाङमा गढवा, राप्ती, बबई र हापुरे नगरपालिका निर्माणका लागि मन्त्रालयमा पत्राचार गर्ने तयारी भएको जिविसले जनाएको छ । जिविस वोर्ड प्रतिनिधि एवं फोरम लोकतान्त्रिकका जिल्ला सचिव कुलबहादुर घर्तीले हिजो सम्पन्न बोर्ड बैठकले कोइलावास, गढवा र गंगापरस्पुर गाविसलाई मिलाएर गढवा नगरपालिका बनाउने र त्यसको केन्द्र गढवालाई बनाउने निर्णय भएको बताउनुभयो ।



उहाँका अनुसार हासिपुर, लालमटिया र सिसहनिया गाविसलाई मिलाएर राप्ती नगरपालिका बनाउने र त्यसको केन्द्र लालमटियालाई बनाउने निर्णय जिविस बोर्डले गरेको छ ।

त्यस्तै मानपुर, बिजौरी, डुरुवा र ढिकपुरको केही भागलाई मिलाएर बबई नगरपालिका बनाउने र त्यसको केन्द्र मानपुरको गौरीडाँडालाई बनाउने निर्णय भएको छ । त्यस्तै बागमारे, पञ्चकुले र पुरन्धारालाई मिलाएर हापुरे नगरपालिका बनाउने र त्यसको केन्द्र हापुरेलाई बनाउने निर्णय भएको घर्तीले जनाउनुभयो । यसपूर्व दाङमा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिका गरी चारवटा नगरपालिका रहेका छन् । दाङखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger