|
|
|
|
चैत १७, काठमाडौं । म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेको विरोधमा उत्रिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रमलाई संशोधन गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले मंगलाबार ५ सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा आउन आग्रह गरेको थियो । बार्तामा बोलाएको भोलिपल्ट संघले सरकारसँग वार्ताका लागि अध्यक्ष ढकालको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गर्दै आन्दोलनका कार्यक्रम आंशिक रुपमा फिर्ता लिएको हो ।

कामदारलाई बिना कारण विदेश जान रोकेको भन्दै ब्यवसायीमाथि चौतर्फी दबाव परेपछि ब्यवसायी वार्ताबाटै समस्यको हल निकाल्न तयार भएका हुन् । श्रम तथा रोजगारमन्त्री दिपक बोहोराले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएकाले केही दिनका लागि अन्तिम श्रम स्वीकृति लिने कार्य खुला गर्ने निर्णय गरेको संघका अध्यक्ष विमल ढकालले जानकारी दिए ।
संघ आन्दोलनबाट केहि पछाडी सरेसंगै भिसा प्राप्त गरेर विदेश जानबाट रोकिएका करिब १५ हजार कामदारलाई रोजगारीका लागि विदेश जाने बाटो खुलेको हो ।

Post a Comment