Headlines News :
Home » » पहिलो गीतबाटै चर्चाको शिखरमा सल्यानी लोकगायक भरत परियार (भिडीयो सहित)

पहिलो गीतबाटै चर्चाको शिखरमा सल्यानी लोकगायक भरत परियार (भिडीयो सहित)

Written By Unknown on Tuesday, March 29, 2016 | 10:12 PM


फागुन १६, काठमाडौं । सल्यानी लोक गायक भरत परियार पहिलो लाक संगितक कोशेलीबाटै चर्चाको शिखरमा पुगेका छन् । पहिला देखी नै गित संगितमा रुचि राख्दै आएका भरतले आफ्नो पहिलो कोसेली स्वरुप ‘हरखुसी दिन्छु तिमीलाई’ बोलको लोक तथा दोहोरी गित बजारमा ल्याएका छन् ।



गामबेसी म्युजीक प्रा.लीको प्रस्तुतीमा रहेको उक्त लोकगितमा भरत परियारको साथमा पुर्णकला बिसीको स्वर रहेको छ । गितमा दिनेश बाबु परियारले शब्द भरेका छन् भने तिलक वलीले एरेन्ज गरेका छन् । त्यस्तै भिडियोमा रामकृष्ण, सुज्ना, राज र पुर्णिमाको अभिनय रहेको छ ।

भिडियोमा अशोक लामाको निर्देशन र बिजय लामाको छायाकन रहेको छ । पहिलो गीतले आफुलाई अरु गीत बनाउन हर्षित बनाएको भएपनि पैसा अभाव कै कारणले मिडियामा सोचेजस्तो हाईलाइटमा आउन नसकेको उनको गुनासो छ ।

कला भएपनि पैसा नहुनेहरु यो क्षेत्रमा टिक्न नसक्ने उनको अनुभव छ । अत्यन्तै चुनौतीकाबीच पनि आफुले यो गीत बजारमा ल्याएको बताउदै उनले अझै अगाडी बढ्न र नयाँ प्रस्तुति दिनका लागि सल्लाह सुझाबको अपेक्षा रहेको बताए ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger