|
|
|
|
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रशाँईका अनुसार उक्त गाडी इञ्जिन र टायर निकाएको अवस्थामा वसपार्कको ग्यारेजमा थन्किएको थियो । विहीवार दिउँसो पौने ४ बजेतिर आगो लागेपछि त्यहाँ दमकल पुगेर साढे ४ बजेतिर आगो नियन्त्रणमा लिएको हो ।
हायस फोर्स गाडीको नम्वर र गाडी धनि यो खबर तयार पार्दा सम्म थाहाँ हनु नसकेको प्रहरीले बताएको छ । घटना स्थलमा कतिपयले पुरानो गाडी भएकोले विमा मार्फत पाउने क्षती पूर्तीका लागि कसैले जानाजान गाडीमा आगो लगाएको हुन सक्ने आँकलन गरिरहेका थिए । तुलसीपुर अनलाइनबाट

Post a Comment