Headlines News :
Home » » नेपालमै पहिलो पटक रुकुममा यार्सा महोत्सव गरिदै

नेपालमै पहिलो पटक रुकुममा यार्सा महोत्सव गरिदै

Written By Unknown on Thursday, March 24, 2016 | 5:15 AM


रुकुम ११-चैत । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको पुपाल यार्सा महोत्सवको मिति तय गरिएको छ ।

मुल आयोजक समितिले आगामि २०७३ जेठ ९ गते यार्सा पाइने बुकी क्षेत्रमै महोत्सव गर्ने पक्का भएको मुल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले जानकारी दिए । यार्सा टिप्ने सिजनको सुरुवातको दिनमा नै यार्सा महोत्सव उद्घाटन गरिनेछ । जैविक विविधता दिवशकै दिन यार्सा महोत्सव २०७३ उद्घाटन हुनेछ ।

रन्मामैकोटको यार्सालाई चाइनीज यार्सा भनेर विक्री भैरहेको भन्ने भएपछि त्यसको भ्रम चिर्न महोत्सव गर्ने योजना गरिएको अध्यक्ष पुनले बताए । ‘हाम्रो यहाँको यार्सा डोल्पा जान्छ, त्यसपछि त्यो यार्सा डोल्पाली हुन्छ, डोल्पाबाट पनि त्यो चाइना जान्छ त्यसपछि त्यहाँ चाइनीज हुन्छ र चाइनाकै यार्सा भनेर त्यो यूरोपतिर जाँदो रैछ अध्यक्ष पुनले भने अव हामी त्यसो हुन दिन पक्षमा छैनौं ।’

यार्सा महोत्सवमा विदेशी पर्यटक विशेष गरी यूरोपीयन देशबाट पर्यटक ल्याएर यार्सा टिप्न लगाइने छ । आयोजक समिति अध्यक्ष लक्षमीप्रसाद पुनले पर्यटकलाई नै यार्सा टिप्न लाएर यार्सा पाइने ठाउँको पहिचान दिँदै यस बारेमा फैलिएको भ्रम चिर्न प्रयास गरिने बताए । ‘हामीले महोत्सव अवधिभर पर्यटकलाई नै यार्सा टिप्ने व्यवस्था मिलाउने छौं उनले भने त्यसबाट पर्यटकहरु आफै जानकार हुनेछन कि रुकुम त्यसमा पनि मैकोटको यार्साको गुणस्तर कति रहेछ ।’

महोत्सव आउने दिन नजिकिंदै जाँदा मुल आयोजक समितिले प्रचार प्रसारका कामलाई व्यापक बनाइरहेको छ । यसै सन्दर्भमा मुल आयोजक समितिले महोत्सव काठमाण्डौंमा बृहत अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।

आपूर्ति मन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यता र पर्यटन क्षेत्रमा कार्यरतलाई सहभागी गराएर कार्यक्रम गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा सहभागी आपूर्ति मन्त्री पुनले महोत्सव सफल बनाउन सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले पुपाल यार्सा महोत्सवलाई यसको संरक्षणमा ध्यान दिने गरी गर्न सुझाव दिएका छन् । कार्यक्रममा सहभागी जिल्ला विकास समिति रुकुमका सूचना अधिकृत चिन्तामणि दाहालले जैविक विविधता कायम राख्न पनि यार्साको संरक्षण हुनुपर्ने भन्दै मुल आयोजक समितिको ध्यान त्यसमा जानुपर्ने सुझाव आएको बताए ।

कार्यक्रममा दाहालले रुकुमको पर्यटकीय अवस्था र भैरहेका गतिविधिबारे जानकारी गराएका थिए भने मुल आयोजक समितिले यार्साको जीवन चक्रका बारेमा जानकारी दिएका थियो । कार्यक्रममा रुकुम दुई समानुपातिक सांसद मिठु मल्ल र दलजीत श्रीपाइली पनि सहभागि भएका थिए । हरि गौतम, तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger