Headlines News :
Home » » अन्ततः दुई माओवादीबीच यसरि हुँदैछ एकता !

अन्ततः दुई माओवादीबीच यसरि हुँदैछ एकता !

Written By Unknown on Saturday, March 26, 2016 | 7:31 PM


चैत १४, काठमाडौं । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीले पार्टी एकताका लागि छलफल तीव्र बनाएका छन् ।

पार्टी एकतालाई १० वैशाखभित्र निष्कर्षमा पुर्याउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् । एकताको सैद्धान्तिक सहमति भइसकेको छ ।

शुक्रबारदेखि जारी क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकको निर्णयपछि एकता प्रक्रिया अगाडि बढ्ने नेताहरुको भनाइ छ । चार वर्षअघि एमाओवादी विभाजन गरेर क्रान्तिकारी माओवादी गठन भएको थियो ।

एमाओवादीसँग पार्टी एकता गर्न क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यमाथि केन्द्रीय समिति बैठकमा दबाब बढेको छ । शनिबारको बैठकमा देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसीलगायतका नेताहरुले पार्टी एकता गर्न दबाब दिएका छन् ।

तर, सिपी गजुरेल, परि थापा, रामसिंह श्रीष, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, सीताराम तामाङ, चन्द्रहरि सुवेदी, कमल चौधरी, प्रेम सुवेदी, हर्कबहादुर शाहीली वैद्यको पक्षमा बोलेका छन् । -नयाँ पत्रिका दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger