|
|
|
|
सरकारले म्यानपावर कम्पनीको आन्दोलनलाई तुरुन्तै हस्तक्षेप नगरेमा २५ हजार भिसा गुम्ने भएको हो । तुरुन्तै कामदार नपाए खाडी मुलुकमा रोजगारदाता कम्पनी नेपाली कामदारको सट्टामा अन्य मुलुकबाट कामदार ल्याउन सक्रिय हुनेछन् ।
प्रहरीले ठगी आरोपमा म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । वैदेशिक रोजगार विभागका निर्देशक प्रवक्ता जनकराज रेग्मीले म्यानपावर कम्पनीको आन्दोलन चाँडै टुंगोमा पुर्याउन प्रयास भइरहेको बताए । -नयाँ पत्रिका दैनिक

Post a Comment