Headlines News :
Home » » माइक्रो ब्रेक फेल हुँदा दुर्घटनामा परि दाङका तीन जना घाइते, चालकको साबधानीले ठुलो दुर्घटनाबाट जोगियो

माइक्रो ब्रेक फेल हुँदा दुर्घटनामा परि दाङका तीन जना घाइते, चालकको साबधानीले ठुलो दुर्घटनाबाट जोगियो

Written By Unknown on Thursday, March 31, 2016 | 9:45 PM


तुलसीपुर १९ -चैत । हायस दुर्घटना हुँदा दाङ तुलसीपुर निवासी तीन जना यात्रु घाईते भएका छन् । तुलसीपुरवाट नेपालगंज तर्फ जाँदै गरेको बा २ ख १३४७ नम्बरको हायस शुक्रवार विहान साढे ६ बजेरित अमेलिया भन्दा ५ किमि उत्तरको मोडमा दुर्घटनामा परेको हो ।



ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उक्त दुर्घटनामा परि तुलसीपुर ६ निवासी ४० वर्षका आषिश डाँगी र तुलसीपुर ९ का ३६ वर्षीया धना पौडेल र ९ वर्षका संरचना पौडेल घाईते भएका छन् । घाईतेहरुको हातखुट्टा र टाउकोमा चोट लागेपनि अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

घाइते तीनै जनालाई उपचारको लागि कोहलपुर तर्फ लगिएको छ । हायसको ब्रेक फेल भएका कारण उक्त दुर्घटना भएको थियो । प्रहरीका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई भित्तामा ठोकेर ठूलो दुर्घटना हुनवाट जोगाएका थिए । तुलसीपुर अनालाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger