Headlines News :
Home » » भिडहरुको बीचमा फसेकी दाङकि मिलन थापा ! के तपाँई मिलनलाई बचाउन चाहानु हुन्छ ?

भिडहरुको बीचमा फसेकी दाङकि मिलन थापा ! के तपाँई मिलनलाई बचाउन चाहानु हुन्छ ?

Written By Unknown on Thursday, March 31, 2016 | 9:28 PM


तुलसीपुर-१९, चैत । चैत १८ गते देखि सुरु भएको एसएलसी परिक्षामा सहभागी एक विद्यार्थी हुन उनी । तर उनको परिचय एउटा परिक्षार्थी र विद्यार्थीमा मात्रै सिमित छैन । पोखरामा जारी गोल्डेन आईडल मल्टि मिडियाद्धारा संचालित खुल्ला एकल गाएन तथा नृत्य प्रतियोगिताको टप ५ मा पर्न सफल प्रतिभापनि  हुन ।

अब उनले आगामी चैत २७ गते उपाधिकालागि भिड्नुपर्ने छ । उनीहुन तुलसीपुर ६ गाईडर निवासी १६ वर्षीया मिलन थापा । उनले विद्यार्थी जीवनकै महत्वपूर्ण मानिने आइरणगेट भनिने एसएलसी परिक्षा तुलसीपुरको सेन्टर माबी वाट परिक्षा दिइरहेकी छन् । थापा डिभाइन टेम्पल एकाडमी तुलसीपुर ६ गोलौराको छात्रा हुन ।

गोल्डेन आईडलको नृत्यविधामा टप फाईफ सम्म आउने उनले ठूलो संघर्ष गर्नु परेको छ । त्यसका लािग उनको ठूलो मेहनत परेको छ । देशभरका ४८ वटा जिल्लाका ८ हजार प्रतिपर्धिहरुलाई उछिनेर उनी टप फाईभमा पर्न सफल भएकी हुन । तर यसरी टप फाईभमा पर्ने उनी मात्रै दाङकी एक्लो प्रतिभा भने होइनन् । दाङका चार जना गोल्डन आईडलको टप फाईभमा पर्न सफल भएका छन् । ती मध्य तीन जना भने घोराहीका छन् ।



वर्षा लम्साल, याङसु श्रेष्ठ र घोराहीको एउटा विद्यालयमा पढाउँदै आएका शिक्षक पुकारसिंह भन्डारी पनि टप फाईभ मै छन् । भन्डारी वाहेक लम्साल र श्रेष्ठ मिलन थापा भन्दा उमेर निकै साना छन् । तर चर्चा परिर्चा उनीहरुकै बढी छ । तर मिलन थापाको भने उतिसारो प्रचार प्रशार र चर्चा हुन सकेको छैन । त्यसको कारण के हो ? भन्ने जिज्ञासामा थपाले आफूहरुले संचारकर्मी र संचार संस्थाहरुमा चिनजान नभएकै कारण गर्नुपर्ने जति प्रचार प्रशार पनि गर्न नसकेको बताइन ।

आफ्नो पक्षमा मत माग्न वा एसएमएस भोटिङको लागि उपयुक्त सुत्र मिडिया संग सम्वन्ध कायम गर्न नसकेको थापा बताउँछिन् । अर्काै समस्या उनी सामान्य मध्यम वर्गिए परिवारकी छोरी भएको हुँदा समेत उनले पोस्टर वा पर्चा पम्पिलेटका लागि अरु सरह समान रुपमा खर्च गर्न नसक्नुपनि अर्को कारण हो ।

किनकी आजको प्रचारको बजारमा जति ठूलो लगानी गरिन्छ त्यहि अनुरुपको प्रतिफल मिल्छ भन्ने मान्यता स्थिपित हुँदैको सत्य नकार्न सक्ने अवस्था छैन । उनको प्रचार प्रशारमा उनी अध्यनरत विद्यालय र साथिहरुले सक्ने जति प्रचार प्रशार गरेको भएपनि त्यो प्रसस्त बन्न सकेको छैन । त्यो बाहेक उनको लागि गरिदिनलाई त्यस्तो पारिवारिक र बाह्य वातावरण निर्माणगर्न नसक्दा उनी चिन्तामा छिन् ।

त्यसैले उनी विद्यालय जीवनकै महत्वपूर्ण मानिने प्रवेशीका परिक्षा दिँदै गर्दापनि आफ्नो करियरेका एक महत्वपूर्ण पाटो , जहाँ उनको वर्षाै देखिको महेनत छ , त्यसको चिन्ता उनलाई एसएलसी भन्दा कम्ता छैन । उनले भनिन् ‘ दाङवाट गोल्डेन आईडियलको नृत्य विद्यावाट टप फाईभमा पर्ने मध्य एसएलसी दिने म मात्रै छु । हाल अरुको एसएलसी छैन ।

अरु तिव्रताका साथ प्रचार प्रशारमा लागेका छन् । भोट माग्न अपिल गरिरहेका छन् तर, मेरो हाल त्यो गतिविधि पुरै बन्द छ । २६ गते बल्ल परिक्षा सकिन्छ ।’ उनलाई २७ गतेको फाईनल प्रतिपर्धामा पुग्न ११ बजे परिक्षा सकिए लगतै घर जान नपाउँदै पोखरा तर्फ प्रस्थान गर्नुपर्ने बाध्यता छ । ‘अब भन्नुहोस मेरो भोट कस्ले मागि दिन्छ ।’ मिलन थापाले थपिन ‘ मेरोलागि यतिखेर दुबै तर्फ भिर छ । यतापनि भिर छ, उतापनि भिर छ अनि बीचैमा म उभिएको जस्तो लाग्छ ।

चैत २७ गते मध्यान्ह १२ बजेसम्म एसएमएस भोटिङगर्न पाईने व्यवस्था गरिएको छ । उनले प्रतियोगिता जित्नका लागि ७० प्रतिसत मोवाईल भोटको मान्यता र ३० प्रतिसत नृत्य हेर्ने प्रावधान गोल्डेन आइडलमा राखिएको जानकारी आफूले पाएको बताइन । त्यसमध्य ५० प्रतिसत टिकेट भोटको महत्व रहने र २० प्रतिसत मात्रै मोवाईल एसएमएस भोटिङले महत्व राख्छ ।

उनी टपटेनमा पर्दा गोल्डेन आइडलका प्रतियोगीहरु मध्य सबैभन्दा लोकपृय मत पाउने प्रतिभा पनि हुन । तर टप फाईभमा भने मत सर्वाजनिक गरिएन । त्यसैले मिलन थापालाई फाईनमा पुग्नका लागि जिल्लावासी लगाएत देश विदेशमा रहने सबैको मतको आवश्यकता छ । उनीहाल एसएसीको परिक्षामा छिन । उनको पुरै ध्यान त्यसैमा केन्द्रित छ । यस्तो बेलामा मिलन थापाको टिकेट किन्न प्रचार प्रशार गरिदिने र एसएमएस भोटिङको लागि भूमिका खेलिदिने माध्यम संचारगृह नै हुन ।

मिलन थापाका अनुसार एक दिनमा एउटा सिमवाट उनको लागि एउटा व्यक्तिले १० पटक सम्म एसएमएस भोटिङ गर्न पाउने व्यवस्था छ । चैत २७ गते उपाधिको लागि भिड्दै गरेकी उनलाई मोवाईलको म्यासेज बक्समा गएर ठूलो अक्षरले जि आई (न्क्ष्)स्पेस ३६ लेखेर ५००५मा म्यासेज पठाउन सकिने छ ।

तपाइँको एक भोटले उनले उपाधि जित्ने र उनको करियर बन्ने मार्ग प्रसस्त हुन सक्छ । आफूले थाहा पाउने भएदेखि नै डान्स गर्दै आएको बताउने मिलन थापालाई यहाँ सम्म आइपुग्न ठूलो पसिना बगाउनु परेको छ । तुलसीपुरको सिअनाबाट नृत्य सिक्न सुरु गरेकी मिलन थापाले हाल नाट्य कला प्रशिक्षण केन्द्र घोराहीकी विद्यार्थी हुन ।

तर उनका लागि एसएसी उस्तै महत्वको छ । एसएलसी परिक्षा दिन पाउने हुनका लागि उनको कम्तिमा पनि १०:१२ वर्षको मेहनत परेको छ । गोल्डेन आईडलमा सहभागी बन्दा उनले फागुनको महिना क्लास लिन पाईनन् , चैतको पढाई पनि लगभग छुट्यो । तर अहिले पिक आवरमा आएर मिलन थापाले आफ्नो पक्षमा भोट माग्न पाएकी छैनन् ।

कारण उनी चैत १८ गतेदेखि जारी एसएलसी परिक्षामा सामेल भएकी छन् । उनको परिक्षा अब चैत २६ मा मात्रै सकिन्छ । जवकी २७ गते गोल्डेन आईडलको उपाधिको लागि उनी भिड्नुपर्ने छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै उनले भनेकी हुन ‘ यतापनि भिर छ, उतापनि भिर छ , म त्यसैको बीचमा छु। परिक्षा उनको व्यक्तिगत कुरा भयो ।

तर गोल्डेन आईडलको उपाधि चुम्नका लागि भने तपाँईको सहयोगले पनि ठूलो भूमिका खेल्ने छ । त्यहाँबाट उनलाई पार लगाउनका लागि समग्र दर्शक, शुभचिन्तक , सम्पूर्ण जिल्लावासी,देश विदेशमा रहने सबैको एक:एक एसएमएस भोटको साथ चाहिएको छ । मिलन थापालाई भोट दिने नदिने : सहयोग गर्ने नगर्ने त्यो तपाँईको व्यक्तिगत अधिकार । तर ख्याल गनुहोस, तपाँईले एक भोट उनको जितको निर्णाएक मत बन्न सक्छ । नारायण खड्का, तुलसीपुर अनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger