Headlines News :
Home » » एउटा यस्तो सागः जसले क्यान्सरदेखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्छ

एउटा यस्तो सागः जसले क्यान्सरदेखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्छ

Written By Unknown on Saturday, April 16, 2016 | 5:42 AM


एजेन्सी । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।

बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो ।



यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ । बेथेमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।

भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ ।

एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।

सुजनलाई कम गर्छः ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

फोडा (पिलो) र डण्डिफोर (दाग): फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

तौल घटाउन मद्दत गर्छः प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।

रक्तचाप कम गर्छः अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथामः एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता (पचाउने सजिलो): ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल(दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।

पिसाबमा जलनः पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

रक्त बवासीरः रक्त बवासीर वा मूत्र (पिशाब)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः ऐमरैन्थको एउटा अर्काे स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।

स्तनको आकार बढाउका लागिः महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

एनर्जी बुस्टरः केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः
यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

पत्थरीः रिपोर्टअनुसार पत्थरी भएको छ भने बेथेको साग चालिसदिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ । -dainiknepalबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger