|
|
|
|
तुलसीपुर ४ चैत्र । सडक कालोपत्रेको माग गर्दै स्थानियवासीले आज तुलसीपुर–पुरन्धारा सडक खण्ड दुई घण्टा अबरुद्ध पारेका छन् ।
सडक कालोपत्रे गर्ने जिम्मा पाएको निर्वार्ण कम्पनीने समयमा काम पूरा नगर्दा पश्चिम क्षेत्रको विकासका अवरुद्ध भएको भन्दै स्थानियवासीले आज बिहान ११ देखि १ बजे सम्म सडक बन्द गराएका हुन् ।
एक बर्ष अघि निमार्ण सकिनुपर्ने भएपनि निमार्ण ब्यवसायी सम्पर्क विहिन भएको र सम्बन्धीत निकायको ध्यान नगएकाले बाध्य भएर सडक बन्द गरेको स्थानियले बताएका छन् । राधाकृषण टोलविकास संस्थाको नेतृत्वमा तुलसीपुर ८ कृष्णमन्दिरमा जम्मा भएका स्थानियले दुई घण्टा सडक बन्द गराएका हुन् ।
सम्बन्धीत निकायलाई दवाव दिनकालागि सडक बन्द बगाएको टोल विकास संस्थाका अध्यक्ष जीत बहादुर खड्काले बताउनु भयो । यति गर्दा पनि आफूहरुको मागको सुनुवाइ नभए कडा आन्दोलन गर्ने स्थानियले चेतावनी दिएका छन् । दोघरेदेखि बालापुर सम्मको सडक कालोपत्रे हुन नसकेको भन्दै स्थानियबासी आन्दोलीत भएका हुन् । khabartokariबाट साभार

Post a Comment