|
|
|
|
सल्यानलाई खेलमा स्थापित गर्ने तथा सल्यान, रुकुम र दाङको क्रिकेट विकासमा टेवा पु¥याउने उद्ेश्यले आयोजित प्रतियोगीता खलंगा स्थित त्रिभुवन जनता माविको लुहापिङ मैदानमा हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिए ।
पहिलो पटक आयोजना गरिएको त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेट प्रतियोगीता त्यस क्षेत्रको क्रिकेट विकासमा कोशेढुंगा सावित हुने अध्यक्ष हमालले विश्वास व्यक्त गरे । खेल मैत्रीपुर्ण भनिएपनि पुरस्कारको व्यवस्थाका लागी पहल भैरहेको बताईएको छ । प्रतियोगीता संचालनका लागी विभिन्न बैंक, गैरसरकारी संस्था, यातायात व्यवशायी, जिल्लाका उद्योगी, व्यापारी लगाएतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै रुकुमको समृद्ध समाज नेपालले पनि प्रतियोगीताका लागी सहयोग गर्ने छ ।
प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सल्यान क्रिकेट संघले जनाएको छ । यसैविच प्रतियोगीतामा सहभागीताका लागी तयारी भैरहेको रुकुम क्रिकेट संघले जनाएको छ । खेलाडी छनौट देखी अन्य तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष दिपक बाँठाले जानकारी दिए । जिल्ला स्तरिय क्रिकेट टोलीको घोषणा भएमा यो नै जिल्लाका खेलाडीहरुको सहभागीतामा घोषणा हुने पहिलो क्रिकेट टिम हुने छ । -मनिष खड्का, khabartokariबाट

Post a Comment