|
|
|
|
क्षेत्र विकास कोषको १० लाख लागतमा नाला निर्माण गरिने र कालोपत्रेका लागि पहल भइरहेको टोलबासी चेलबहादुर चौधरीले जानकारी दिनुभयो । विष्णु चलचित्र हल चोकबाट सिधै थारु गाउँ हँुदै रजौरा जोड्ने उक्त सडक २ सय ८० मिटर लम्बाईको दुई किनारामा नाला निर्माण गरिने चौधरीले बताउनुभयो । ८ मिटर चौडा सडक बिस्तारका क्रममा केही भौतिक संरक्षणमा समेत क्षति पुग्ने भएकाले सहमति समेत जुटाइएको छ ।
सडक निमार्णका लागि भिष्म चौधरी वसन्तको संयोजकत्वमा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । जसको सचिवमा चेलबहादुर चौधरी, कोषाध्यक्षमा शर्मिला चौधरी र निरमा चौधरी, युवराज भण्डारी, हरीप्रसाद चौधरी, तुला कार्की बस्नेत, तेजमान चौधरी, सीता चौधरी र गोमा चौधरीलाई उपभोक्ता समितिको सदस्यमा चयन गरेको छ ।
यस्तै उक्त कार्यको अनुगमनका लागि सुशील बस्नेतको संयोजकत्वमा भागवत बस्नेत, डिल्लीबहादुर बस्नेत, रामबहादुर केसी र प्रेमा चौधरीलाई अनुगमन समिति चयन गरेको छ ।

Post a Comment