Headlines News :
Home » » सल्यानको हात्ती ढुंगामा शान्तिको प्रतीक परेवा उडाएर मन्दिरको उद्घाटन गरियो

सल्यानको हात्ती ढुंगामा शान्तिको प्रतीक परेवा उडाएर मन्दिरको उद्घाटन गरियो

Written By Unknown on Friday, April 15, 2016 | 6:30 AM


शंकर केसी/सल्यान बैशाख ३ । सल्यानको कोर्वाङ झिम्पे ७ हात्ती ढुंगामा निर्माण गरिएको राम जानकी मन्दिरको उद्घाटन गरिएको छ । स्थानीय निवृत्त शिक्षक ताराप्रसाद शर्माको पहलमा निर्माण गरिएको मन्दिरको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।



मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बोलाराम ओलीको अध्यक्षता र गाविस सचिव बुद्धिप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य केशबहादुर विष्ट, नेकपा एमाले सल्यानका अध्यक्ष हरि केसी, एमाओवादी सल्यानका सल्लाहकार सदस्य ध्रुवराज भण्डारीलगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो ।

ताराप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शान्तिको प्रतीक एक जोडी परेवा पनि उडाइएको थियो । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सदस्य रमेशकुमार शर्माले गर्नुभएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger