|
|
|
|
आइतवार विहान पौने सात बजेतिर घोराही ७ बाँसवोटमा रा १ त १४२७ नम्वरको ट्रेक्टरले रा १ प ५२१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी सैघा १ निवासी ३७ वर्षीय नरवहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिए । घाईते गिरीलाई उपचारका लागि घोराही स्थित उपक्षेत्रीय अस्पताल पु¥याउँदै गर्दा वाटो मै ज्यान गएको प्रवक्ता शर्माले बताए ।
उक्त दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार सैघा २ निवासी २२ वर्षीय खेमबहादुर भण्डारी घाईते भएका छन् । उनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दाङवाट रोल्पा तर्फ जाँदै वालुवा लोड ट्रेक्टर र विपरित दिशावाट आईरहेको मोटरसाईकल तिव्र गतिका कारण एकआपसमा ठोक्किन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । ट्रेक्टर चालक फरार रहेपनि सहचालक र ट्रेक्टर प्रहरी नियन्त्रणमा छन् । tulasipur onlineबाट
Post a Comment