|
|
|
|
देउखुरी ४,बैशाख । देउखुरीका आगोलागि पिडीतहरु अहिले खुला आकाश मुनी बारीमा वस्न वाध्य वस्दै आएका छन ।
गत चैत्र २९ गते एक्कासी लागेको आगोका कारण घरवार विहीन भएका गंगापरस्पुर गाविस वडा नं ६ खजौटा र ८ वाँकी गाउँका ५३ घरपरीवारका करीव ३ सय जनाको वास खुला आकास मुनी वाँजो बारीमै वसेर विती रहेको छ ।
गत चैत्र २९ गते एक्कासी लागेको आगोका कारण घरवार विहीन भएका गंगापरस्पुर गाविस वडा नं ६ खजौटा र ८ वाँकी गाउँका ५३ घरपरीवारका करीव ३ सय जनाको वास खुला आकास मुनी वाँजो बारीमै वसेर विती रहेको छ ।
दिउशो टन्टलापुर घाममा छिमेकी र आफन्तको घरमा गएर गर्मी छल्ले र राती आएर बारीमा पल्टने अहिले आगोलागि पिडीतहरुको दिनचर्या नै वनेको छ । केही राहत पाएको त्रीपाले वारवेर गरी त्यही वस्ने गरे पनि दिउशोको घर्मिमै तातोले सहनै नसक्ने भएपछि छिमेकी गाउँमा गएर वस्ने गरेका छन ।
आगोलागि पिडीत शिवराज चौधरीले दिनभरी मजदुरी गर्ने काम पनि अहिले गर्न नपाएको वताउनु हुन्छ । “अहिले आफ्नै घरमा सरसामान स्यानै ठिक्क छ काम गर्न पनि कहाँ जान फुर्सदै छैन ” चौधरीले भन्नु भयो ।
जनता गाउँवाट संकलन गरेको धान चामल लगातको अन्नपात पाएको र त्यसैवाट गुजारा गर्ने गरेको वताउने चौधरीलाई अब घर कसरी वनाउने भन्ने चिन्ताले पिरोलेको छ ।
“गरीवको घरमा मात्रै दुःख पर्ने रहीछ वल्ल तल्ल सानो झुपडी वनाएको पनि जल्यो अब फेरी कसरी वनाउने होला ” सरकारले घर वनाउनको लागि काठपात सहयोग गरे आफू गाउँघरकै सहयोगवाट पनि घर वनाउन सक्ने हिम्मत चाँही आगोलागि पिडीतहरुको छ ।- khabartokari, दिवाकर पोख्रेल

Post a Comment